-सुर्य प्रसाद भुसाल।
भदौ ८ अर्घाखाँची- अर्घाखाँचीको सदरमुकाम नजिक निर्माणाधीन अर्घा भगवती बिमानस्थल बजेट अभावका कारण अलपत्र परेको भन्दै स्थानियले चिन्ता ब्यक्त गरेका छन ।
जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १० शिखरबार्नीमा २०७३ असार १३ गते भब्य रुपमा शिलान्यास गरिएको विमानस्थलमा अहिले बजेट नपरेको कारण निर्माण कार्य अलपत्र परेपछि अहिले गाडि सिकाउने ,कृर्केट खेल्ने युवायुवतीहरुले मर्निङवाल्क गर्ने मैदानको रुपमा परिणत भएपछि छिटो विमान चढौला भन्ने अासा गरेका अर्घाखाँचीबासि निरास भएका छन ,भने ठुलो सरकारि धनरासि खर्च भएपनि त्यो पैसा बालुवामा पानी जस्तै हुने देखिएको छ ।
सिल्यान्यास भएको आठ वर्षमा धावनमार्ग सम्याउने विमान स्थलका लागि अाबश्यक पर्ने जग्गा कटिङगर्ने सम्पन्न भएको छ । पार्किङ लगायतका संरचना निर्माण र ग्राभेल तथा पिच (कालोपत्रे) को काम पुरै बाँकी छ । ६० प्रतिशत काम सम्पन्न भए पनि हाल निर्माण कार्य बन्द रहेकोले निर्माण गर्न लागेको विमान स्थल अहिले जिर्ण अबस्थामा छ ।
विमानस्थल निर्माणमा हालसम्म करिब २१ करोड रुपियाँ खर्च भएको श्रोतको भनाइ छ । पहिलो टेन्डरमा पाँच करोड ५० लाख रुपियाँमा कटिङको काम भएको थियो । दोस्रो टेन्डरमा चार करोड, तेस्रोमा छ करोड ५० लाख र चौथो टेन्डरमा चार करोड ८० लाख रुपियाँको काम सम्पन्न भएको र हाल आठ सय मिटर लम्बाइको धावनमार्ग तयार गरिएको पहिला कामको जिम्मेवारी लिएका निर्माण ब्यबसायि कबिराम खनालले बताए ।
राष्ट्रिय वनको जग्गामा निर्माण भइरहेको विमानस्थल सम्पन्न गर्न अब ३५ करोड रुपियाँ लाग्ने अनुमान गरिएको छ । २०७३ सालमा तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले शिलान्यास गरे पनि २०७६ सालबाट विमानस्थल निर्माणको काम सुरु भएको थियो । वातावरणीय प्रभाव मूल्याङ्कन तथा विमानस्थलको प्रभावकारिताका विषयलाई लिएर मुद्दा परेको थियो । उक्त मुद्दा छिनोफानो भइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । हाल बर्षातको समय भएको र पर्याप्त बजेट नभएकाले काम अघि नबढेको प्राधिकरणका उपप्रबन्धक ज्ञानेन्द्र भुलले बताए ।
निर्माणाधीन विमानस्थलको धावनमार्ग सवारी सिक्ने,फोटो खिच्ने र टिकटक बनाउने स्थलको रुपमा बाहेक अन्य कुनै काममा प्रयोग नभएको भुलले सुईकार गरे अब यो विमान स्थल निर्माणका लागि नेताहरुले चासो दिनु पर्ने देखिन्छ ।
अर्घाखाँची सदरमुकाम सन्धिखर्कलाई कालोपत्रे सडकले जोडेको छ । अर्घाखाँचीका सबै ठाउहरुमा सडकहरु कालोपत्रे हुने अबस्थामा छन । कुनै अापतकालिन संघीय राजधानी काठमाडौं पुग्न परेमा अर्घाखाँचीवासीलाई सन्धिखर्क बाट ४ घन्टा लगाएर रूपन्देहीको भैरहवा विमानस्थल सम्म पुग्नुपर्छ । हवाईजहाज चड्न भैरहवा सम्म पुग्नुपर्ने बाध्यता हटाउन, आपत्कालीन अवस्थाको काठमाडौं यात्रा सहज बनाउन र पर्यटन प्रवर्द्धनका लागि यो विमानस्थल निर्माण शुरू गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणको दाबि छ ।
धार्मिक पर्यटनका हिसाबले पनि अर्घाखाँची आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएकोले पनि बिमान स्थल अनिवार्य अाबश्यक्तामा पर्छ । विमानस्थल निर्माणले भने उल्लेख गति लिन नसकेको स्पष्ट देखेपछि स्थानिय बासिले पनि बिमास्थल निर्माण सम्पन्न हुनेमा सङ्का ब्यक्त गरेका छन।
निर्माणाधिन विमान स्थलको नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपि सर्मा वोलिले समेत निरिक्षण गरि तत्काल बजेट ब्यबस्थापनका लागि पहल गर्ने बताएका थिए। प्रधानमन्त्री अोलि निरिक्षणमा अाउदा पुर्व प्रधानमन्त्रीको हैसियतले निरिक्षण गरेपनि अहिले प्रधानमन्त्री छन । नेकपा एमालेका केन्द्रीय सदस्य तत्कालीन प्रदेश सान्सद चेतनारायण अाचर्य अहिले लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका छन ।