गिद्धका २० बच्चा चितवन लगियो


 

अर्घाखाँची । पछिल्लो पटक गिद्ध लोप हुदै गएपछि यसको संरक्षण गर्न गिद्धका बच्चलाई राष्ट्रिय निकुाजमा जम्मा गर्न शुरु गरिएको छ ।

 

गिद्धलाई जोगाईराख्न अर्घाखाँची कपिलवस्तु रुपन्देही र नवलपरासीको जंगलबाट २० वटा गिद्धका बच्चा चितवन राष्ट्रिय निकुाजमा लगिएको छ । प्रकृतिको कुचिकर भनेर चिनिने विश्वकै दुर्लभ लोपउन्मुख पंक्षी डंगर गिद्धका बच्चा जिल्लाको जंगलबाट निकुाजको कसरामा रहेको गिद्ध प्रजनन केन्द्रमा संरक्षणका लागि लगिएको छ । पाँच वटा बच्चा अर्घाखाँचीको अर्घा गाविसको गर्ताखोला खहरे र गर्लाम सामुदायिक वनबाट गिद्धका बच्चहरु लगिएको गिद्ध सम्बन्धी अध्ययन गरिरहेका शोधकर्ता कृष्ण प्रसाद भुसालले बताए ।

 

गिद्धले जंगलको ठुला-ठुलो रुखका टुप्पामा गुड बनाएर फुलबाट बच्चा कोरल्ने गर्दछ । यी बच्चाहरुलाई निकुाजमा राखेर ठुला भएपछि गिद्धिको ठुलो बगाल बनाएर संरक्षण जंगलमा छाडिने उनले बताए । पछिल्लो पटक गिद्धहरु घर पालुवा पशु उपचारमा प्रयोग गरिने डाईक्लोफेनेक नामक औषधिको कारण गिद्धको संख्या ९५ प्रतिशत भन्दा बढी घटेर अतिसंकटापन्न अवस्थामा पुगेकाले त्यसलाई बचाउन निकुाजमा ल्याईएको र उमेर पुगेपछि कृतिम प्रजनन गराएर बच्च हुर्काएपछि डाईक्लोफोनक मुक्त संरक्षित प्राकृतिक वातावरणमा छाडिने नेपाल पंक्षी संरक्षण संघका गिद्ध संरक्षण अधिकृत आनन्न चौधरीले बताए ।

 

राष्ट्रिय निकुाज तथा वायजन्तु संरक्षण विभाग राष्ट्रिय प्रकृति संरक्षण कोष र नेपाल पंक्षी संरक्षणको संयुक्त पहलमा खोलिएको उक्त प्रजनन केन्द्रमा गिद्धका बच्चाहरु संकलन गरि गिद्ध संरक्षण गर्न थालिएको छ ।



अन्य समाचारहरु