अन्तरिक्ष यान डिस्कभरीको अन्तिम अन्तरिक्ष यात्रा सम्पन्न ,फ्लोरिडास्थित केनेडी अन्तरिक्ष केन्द्रमा सुरक्षित अवतरण


 

अमेरिकाको सवैभन्दा पुरानो र सवैभन्दा बढी समय यात्रा गर्ने अन्तरिक्ष यान डिस्कभरीले अन्तिम अन्तरिक्ष यात्रा सम्पन्न गरी फ्लोरिडास्थित केनेडी अन्तरिक्ष केन्द्रमा सुरक्षित अवतरण गरेको छ। डिस्कभरीलाई सन् १९८४ मा पहिलोपटक अन्तरिक्षमा प्रक्षेपण गरिएको थियो।

 

डिस्कभरीको अन्तिम अभियानको रुपमा रहेको सो यानलाई गत महिना केनेडी अन्तरिक्ष केन्द्रबाट नै अन्तरिक्षमा प्रक्षेपण गरिएको थियो। डिस्कभरीको अभियानले अमेरिकी अन्तरिक्ष कार्यक्रममा थुप्रै योगदान पुर्‍याएको छ। अमेरिकी अन्तरिक्ष बैज्ञानिकहरुले डिस्कभरी यान अमेरिकी अन्तरिक्ष इतिहासको एक मुख्य अंशको रुपमा रहने बताएका छन्।

 

११ दिन अन्तरिक्षमा रहेर डिस्कभरीले  अन्तरिक्षका महत्वपूर्ण सुचना संकलन गरेको बैज्ञानिकहरुले  बताएका छन्। डिस्कभरी यानले रोबोटलाई समेत लिएर अन्तरिक्षतर्फ प्रस्थान गरेको थियो।  गत महिनाको प्रक्षेपण डिस्कभरीको ३९ औ अभियान हो।