टंक–सरोज स्मृति प्रतिष्ठान अर्घाखाँचीले मनायो ३८ औं सरोज स्मृति दिवस (तस्बिर सहित)

-गोपाल प्रसाद भट्टराई ,अर्घाखाँची।

भाद्र–१२,अर्घाखाँची –  राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले शासनको बागडोर सम्हालेका राजनीतिक दलबाट सहिदको अपमान भएको आरोप लगाउनु भएको छ । मुलुक र जनताको अधिकारको आन्दोलनमा सहादत प्राप्त गरेका अमर सहिदलाई कदर गर्नुको साटो उल्टै अपमान गर्ने गरेको उहाँको तर्क छ ।

May be an image of 6 people and text

३८ औं सरोज स्मृति दिवसको अवसरमा मंगलबार सहिद टंक–सरोज स्मृति प्रतिष्ठान अर्घाखाँचीले सन्धिखर्कमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव भट्टले यस्तो बताउनुभएको हो । “सहिदका सपना पूरा गर्नु त परै जाओस्, सत्तारुढ दलहरु उल्टै भ्रष्टाचार र राजनीतिक विकृतिमा लिप्त छन् ।”महासचिव भट्टले भन्नुभयो,“ त्यसैले मुलुकमा सहिदको अपमान भइरहेको छ ।” राजनीतिक दलको सत्ता, पद लोलुपता, स्वार्थरुपी चरित्रमा परिवर्तन नआएको र जनताले राहत महसुस गर्नेगरी सरकारले काम गर्न नसेकोमा उहाँले दुःख व्यक्त गर्नुभएको छ ।

व्यक्तिगत मामिलाका झगडा, कतिपय दुर्घटनामा ज्यान गुमाएका व्यक्तिलाई समेत सहिद घोषणा गर्नुपर्ने र १० लाख आर्थिक सहयोगका लागि दबाब दिने प्रचलनले वास्तविक सहिदको भावनामा चोट पुगेको महासचिव भट्टको भनाई रहेको छ । सहिद टंक–सरोज स्मृति प्रतिष्ठानका उपाध्यक्ष गोविन्द वि.सी.को अध्यक्षता, चन्द्र प्रसाद बन्जाडेको स्वागत मन्तव्य र सचिव देवेन्द्र कुंवरको संचालनमा सम्पन्न कार्यक्रममा राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश सल्लाहकार शेर बहादुर वि.सी., केन्द्रिय सदस्यद्धोय झविलाल थापा, सागर के.सी.लगायतले बोल्नुभएको थियो ।

May be an image of 12 people, people studying, flute and temple

कार्यक्रममा बोल्दै उहाँहरुले मुलुकको परिवर्तनमा शहिदहरुले खेलेको भूमिका कसैले पनि भुल्न नहुने बताउनुभएको छ । २००१ सालमा सन्धिखर्क–२ तत्कालिन किमडाँडा गाउँ पञ्चायत वडा नम्बर ९ कुरमा जन्मिनुभएका सहिद शोभाखर धनन्जय सरोजलाई २०४३ साल भाद्र ११ गते पञ्चायतका गुण्डाहरुले भारतको दिल्लीमा हत्या गरेको बताइएको छ ।

२०३६ साल सम्म नेपाली काँग्रेस, २०४१ सम्म रामराजा प्रसाद सिंहको बहुदलिय जनवादी मोर्चाको केन्द्रिय सदस्य, पछि २०४२ सम्म आफ्नै नेतृत्वमा बहुदलिय जनवादी मोर्चा संचालन, २०४२ सालमा शषस्त्र युद्ध घोषणा पश्चात असहमती जनाउँदै आफ्नो नेतृत्वको मोर्चा ने.क.पा.(मसाल)मा समाहित गर्नुभएका स्वर्गिय सरोजलाई समाज सुधारको आन्दोलनको आवाज उठाए बापत राणाहरुले हत्या गरेको पारिवारिक स्रोतले जनाएको छ ।

May be an image of 12 people, people studying, flute and temple

सरोजले आफु जिवित छँदा हाँक पत्रिकाको संस्थापक र नेपाली एकता पत्रिकाको संचालकको रुपमा रहेर मिडिया क्षेत्रमा समेत योगदान पुर्याउनुभएको जानकारहरुले बताएका छन् ।

 

अन्य समाचारहरु