तस्बिर: प्रेमनारायण आचार्य
– प्रेमनारायण आचार्य
अर्घाखाँची २७ फागुन । प्रकृतीकेा कुचिकारु भनेर चिनिने विश्वकै दुर्लभ लोपउन्मुख पंक्षी डंगर गिद्धका पाचँ बच्चा अर्घाखाँचीबाट चितवन राष्ट्रिय निकुाजनको कसरामा रहेको गिद्ध प्रजन्न केन्द्रमा लगिएकॊ छ ।
अर्घा गाविस वार्ड नं- ९ र ४ मा पर्ने गर्ताखोला खहरे र गर्लाम सामुदायीक वन बाट ति गिद्धका बच्चाहरु लगिएको अर्घाखाँचीमा गिद्ध सम्बन्धी अध्यन गरीरहेका शोधकर्ता कृष्णप्रसाद भुसालले बताए ।
घरपालुवा पशु उँपचारमा प्रयोग गरीने औषधी डाईक्लोफेनेकका कारण गिद्धहरुको संख्या ९५ प्रतिशत भन्दा बढीले घटेर अतिसंकटापन्न अवस्थामा पुगेकोले बचाँउन त्यहा लगएको र उमेर पुगेपछी कृत्रिम प्रजनन गराई बच्चा हुर्काइ डाइक्लोफेनेकमुक्त सुरक्षित प्राकृतिक वातावरणमा छोडीने नेपाल पंक्षी संरक्षण संघका गिद्ध संरक्षण अधिकृत आनन्द चौधरीले बताए ।
राष्ट्रिय निकुाज तथा वन्यजन्तु संरक्षण विभाग राष्ट्रिय पकृती संरक्षण कोष र नेपाल पिछं संरक्षणको संयुक्त पहलमा खोलिएको उक्त प्रजन्न केन्द्रमा अर्घाखाँचीका साथै कपिलवस्तु रुपन्देही र नवलपरासी बाट गरी २० डंगर गिद्धका बच्चा लगिएकॊ छ ।
नेपालमा पाईने आठ प्रकारका गिद्ध मध्ये अर्घाखाँचीमा ५ प्कारका गिद्ध रहेका छन् । गिद्धको यति राम्रो बासस्थान भएपनि गिद्ध संरक्षणका लागि अर्घाखाँचीको स्थानीय प्रसासन राजनितिक दल गैर सरकारी सस्था जस्ता कुनै निकायले पहल गरेका छैनन् ।