अर्घाखाँची छत्रदेवका एक युबक यूएईमा मृत फेला

 

काठमाडौँ । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–०७ काउलेका २४ बर्षे कृष्ण पाण्डे यूएईमा मृत फेला परेका छन् ।

सोमबार पाण्डेलाई दुवईको सडक छेउमा मृत भेटिएको दुबई प्रहरीले जनाएको छ । यस्तै अर्घाखाँची छत्रदेव गाउँपालीकाको तर्फबाट सहयोग गर्न नमिलेपनि आफुहरुले मानविय हिसाबले भएपनि सहयोग गर्ने छत्रदेव गाउँपालीकाका अध्यक्ष चन्द्रमान श्रेष्ठले बताए पाण्डे दुई वर्षअघि भिजिट भिषामा दुबई पुगेका थिए ।

उनी दुबईस्थित एक होटलमा काम गर्दै आएका थिए । तर तीन महिनाअघि होटलको काम छोडेर बसेका उनी मृत भेटिएका हुन् । भिजिट भिसामा गएका कारण उनको शव नेपाल ल्याउन अहिले समस्या भएको छ ।

अर्कोतर्फ परिवारको आर्थिक अवस्था समेत कमजोर भएका कारण शव ल्याउन नसकिएको मृतकका दाईले बताए । ‘परिवारको आर्थिक अवस्था कमजोर छ ।

भिजिटमा गएकाको सरकारले उद्धार गर्दैन भन्ने सुनेका छौँ’, उनले भने, ‘बाबुको उपचारको चिन्ता अर्कोतर्फ छ । भाई त आएन, कम्तीमा शव भएपनि नेपाल ल्याउन सहयोग गरिदिन सरकारसँग आग्रह गछौँ ।’ दाई प्रकाश पाण्डेका अनुसार बाबुको उपचारका निम्ती उनका आमा, बुबा र कृष्णकी श्रीमती र छोरी भारतमा छन् ।

 

 

अन्य समाचारहरु