मध्यपूर्व राष्ट्रहरुमा भएको आन्दोलनको प्रभाव साउदी अरेवियामा पनि पर्‍यो, पूर्वी सहर कतिफमा सुरक्षाकर्मीद्वारा अन्धाधुन्ध गोली प्रहार

उत्तर अफ्रिका र मध्यपुर्वका राष्ट्रहरुमा जारी आन्दोलनको प्रभाव खाडि मुलूक साउदी अरेबियामा पनि पर्न थालेको छ। साउदी सरकारले यस अघि सवै प्रकारको प्रदर्शन माथि प्रतिबन्ध लगाएको घोषणा गरेको समयमा बिहीवार प्रजातान्त्रिक सुधारको माग राख्दै विरोध प्रदर्शन सुरु भएको छ। 

 

प्रदर्शनमा सुरक्षाकर्मीले अन्धाधुन्ध गोली प्रहार गरेको छ। पूर्वी शहर कतिफमा आयोजित सरकार विरोधी प्रदर्शनमा सहभागि भएका सयौ प्रदर्शनकारी माथि सुरक्षाकर्मीले ग्रिनेड र गोली प्रहार गरेको जानकारी अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले दिएका छन्।

 

प्रत्यक्षदर्शीका अनुसार सुरक्षाकर्मीले चलाएको गोली लागी कम्तीमा दुइ जना घाइते भएका छन्। साउदी सरकारले सडक प्रदर्शन जारी राखिए कडा कदम चाल्ने चेतावनी दिएको छ।