जापानमा महाभूकम्प पछि विनाशकारी सुनामी आएपछि ब्यापक विनाश, हजारौ हताहत, प्रशान्त तटिय क्षेत्रका त्रिपन्न राष्ट्रमा सुनामीको चेतावनी


 

टोक्यो –  जापानमा आठ दशमलव नौ रेक्टर स्केलको महाभूकम्प पछि विनाशकारी सुनामी आएको छ।

 

भूकम्पपछि तटीय क्षेत्रमा दश मिटर अग्ला छालसहितको सुनामी आएपछि त्यहाँ ब्यापक विनाश भएको छ। भूकम्प र सुनामी पछि हजारौ हताहत भएको आशंका गरिएपनि यो खबर तयार गर्दासम्म कम्तिमा ५०० जनाको मृत्यु भएको पुष्टी भएको छ।

 

Sendai Airport

 

आठ दशमलव नौ रेक्टर स्केलको महाभूकम्प पछि जपानका तटीय क्षेत्र, फिलिपिन्स, चीन, रुस र अमेरिकालगायत प्रशान्त तटीय क्षेत्रका त्रिपन्न राष्ट्रमा सुनामीको चेतावनी जारी गरिएको छ। जपानको एनएचके टेलिभिजनले सुनामीले कार, जाहाज र घरहरु उडाएका दृष्य प्रत्यक्ष प्रसारण गरिरहेको छ। सबैभन्दा बढी क्षती फकुशिमाको आनाहामा र मियागीमा भएको बताइएको छ।

 


 

स्थानीय समयअनुसार दिउँसो दुई बजेर छयालीस मिनेटमा भएको पहिलो महाभूकम्प पछि निरन्तर रुपमा स