काठमाडौं । नेपाल पत्रकार महासङ्घको निर्वाचन आगामी असोज ५ गते हुने भएको छ । आइतबार अध्यक्ष विपुल पोखरेलले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।
“महासङ्घको सबैखाले अभियानमा महत्त्वपूणर्ण साथ, सहयोग र रचनात्मक ऊर्जा दिने सबै साथीहरूप्रति आभार प्रकट गर्दै मिति २०८१ असोज ५ गते महासङ्घको सबै तहको निर्वाचन एकैसाथ सम्पन्न गर्न निर्वाचन समितिलाई पत्राचार गरिएको जानकारी गराउँदछु,” अध्यक्ष पोखरेलले विज्ञप्तिमार्फत भनेका छन् ।
यसअघि पनि महासङ्घले निर्वाचनका लागि पटकपटक मिति तोकेको थियो तर, हुन सकेन ।