पाकिस्तान तथा भारतद्बारा पालैपालो क्षेप्यास्त्रको परीक्षणात्मक प्रक्षेपण

पाकिस्तान तथा भारतले आज बेग्लाबेग्लै गरी क्षेप्यास्त्रको परीक्षणात्मक प्रक्षेपण गरेका छन्। पाकिस्तानी “द नेशन”अखवारले जनाएअनुसार, भारत र पाकिस्तान दुवैले सन् 1998 मा आ-आफ्नो आणविक परीक्षण गरेयता दुवै देशबीच समय समयमा क्षेप्यास्त्रको परीक्षणात्मक प्रक्षेपण गरिएको छ। त्यसैकारण यस पटकको उक्त प्रक्षेपणबाट दुई देशबीचको तनावपूर्ण सम्बन्ध अझ बढी नचर्कने अनुमान गरिएको छ।

प्रेस ट्रस्ट अफ इन्डियाले जनाएअनुसार, भातरीय नौ सेनाले आजै उडिसा राज्यनजिकको समुद्री क्षेत्रमा रहेको एउटा सैनिक जहाजमा तीन सय पचास किलोमिटर दूरीमा मार हान्न सकिने क्षेप्यास्त्रको पनि प्रक्षेपण गरेको छ।