जापानमा शताब्दीकै सवैभन्दा विनाशकारी महाभूकम्प र सूनामीका कारण दसौ हजार मृत्यु, फुकुशिमा-केनको पहिलो आणविक विद्युत केन्द्रमा विस्फोट, अहिले पनि सुनामीबारेको पूर्व चेतावनी निरन्तर सार्वजनिक (LIVE)
फाल्गुन २९ गते, २०६७ मा प्रकाशित
– शुक्रबारको महाभूकम्पले चिस्याउने संयन्त्र असफल भएपछि जापानको एउटा परमाणु ऊर्जा प्लान्टमा आज भयानक विस्फोट भएपछि २० किलोमिटर वरपरका बासिन्दाहरुलाई त्यहाँबाट सुरक्षित स्थलतर्फ सार्न निर्देशन दिइएको छ। फुकुसिमामा रहेको सो प्लान्टबाट धुँवाको ठूलो मुस्लो उठेको देखिएको छ। यसअघि १० किलोमिटर क्षेत्रफलका बासिन्दालाई मात्र सार्न निर्देशन दिइएको थियो। यसैबीच जापानी सरकारका उच्च अधिकारीले परमाणु ऊर्जा प्लान्टमा भएको विस्फोटबाट बाहिर विकिरण चुहिएको पुष्टि गरेका छन्। यसबाट हुनसक्ने क्षतिको बारेमा केही बताइएको छैन। जापानको एनएचके टेलिभिजनले विकिरणबाट बच्न अपनाउनु पर्ने सुरक्षा व्यवस्थासम्बन्धी सामाग्री प्रसार गरिरहेको जनाइएको छ। त्यहाँ कार्यरत कयौँ कामदारहरु घाइते भएको बताइए पनि क्षतिको यकिन विवरण आउन सकेको छैन। जापानी अधिकारीहरुले प्लान्टको एउटा रियाक्टरबाट रेडियोएक्टिभ सामाग्री बाहिर भेटिएपछि त्यहाँका सबै थोक पग्लन सक्ने चिन्ता व्यक्त गरेका छन्। )
LIVE: नेपालको समय आज आइतावार दिउँसो तीन बजेर तीस मिनेट जाँदा सम्मको ! अर्घाखाँचीडट्कमलाई थाहा भए अनुसार जापानमा यो शताब्दीकै सवैभन्दा विनाशकारी महाभूकम्प र सूनामीका कारण दस हजार भन्दा बढीको मृत्यु भैसकेको पुष्टि भएको छ भने अन्य हजारौ मानिस हराइरहेका छन्। भूकम्प र सूनामी प्रभावित क्षेत्रमा उद्धार अभियान शुरु गरिसकिएको छ। उद्धार अभियानको लागि सयौ हवाइ जहाज, दर्जनौ पानी जहाज र हजारौ सैनिकहरुलाइ परिचालन गरिएको छ।
यसैगरी जापानी टोकियो विद्युत कम्पनीले हिजो अवेरा जनाएअनुसार, फुकुशिमा-केनमा अवस्थित पहिलो आणविक विद्युत केन्द्रमा विस्फोट भएको र त्यसमा परी चारजना घाइते भएका छन्। प्रारम्भिक जाँचबुझअनुसार, चिस्यानका लागि चाहिने हाइड्रोजन विस्फोट भएको कुरा उक्त केन्द्रमा विस्फोट हुनुको कारण हो।
स्थानीय समयअनुसार, दिउँसो तीन बजेर तीस मिनेट जाँदा फुकुशिमा-केनस्थित पहिलो आणविक विद्युत केन्द्रमा विस्फोट आवाज सुनिएपछि तुरुन्तै समस्त संरचना ध्वस्त भएको छ। हाल उक्त दुर्घटनाको वास्तविक कारणबारे छानबीन जारी रहेको पनि टोकियो विद्युत कम्पनीले जनाएको छ।
स्थानिय समय अनुसार शुक्रवार दिउसो उत्तर पूर्वि क्षेत्रमा २ बजेर ४६ मिनट जाँदा गएको ८ दशमलव ९ रेक्टर स्केलको शक्तिशाली भूकम्पका कारण सो क्षेत्रमा ब्यापक विनाश मच्चिएको छ। भूकम्पपछि आएको सुनामीले जपानको तटिय क्षेत्र तहसनहस हुन पुगेको छ। भूकम्पको केन्द्रविन्दू राजधानी टोक्योबाट ४ सय किलोमिटर उत्तर पूर्वि क्षेत्रमा रहेको थियो। भूकम्पका कारण तटिय क्षेत्रमा अवस्थित सेन्दाइ शहर बढी प्रभावित बनेको छ। सो शहरका मानिसहरु सहयोगको लागि चिच्यइरहेको दृश्य स्थानिय टेलिभिजनहरुले देखाएका छन्।
सूनामीका कारण हतिपय ग्रामिण क्षेत्र जलमग्न बनेको हुनाले मानिसहरुले आफ्नो घरको छतमा बसेर ज्यान जोगाएका छन्। उनीहरुले आफूहरुलाइ जतिसक्दिो छिटो उद्धार गर्नको लागि गुहार माग्दै गरेको कारुणिक तस्विरले भूकम्पको प्रभावलाइ सजिलै मापन गर्न सकिन्छ। जपानका संचार माध्यमहरुले भूकम्प र सूनामीका कारण मर्नेहरुको संख्या बढेर १ हजारभन्दा बढी हुनसक्ने जनाएका छन्।
यसैविच अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकी सेनाले जपानको भूकम्प र सूनामीग्रस्त क्षेत्रमा सयोग गर्ने जानकारी दिएका छन्। जपानमा अमेरिकी सैनिक अखाडा रहेको छ। यद्यपी उद्धार र मानविय सहयोग कार्यलाइ प्रभावकारी बनाउन वाशिंगटनले ठूलो जहाजी बेडाका साथ एक सैनिक दललाइ जपानतर्फ पठाइएको जानकारी दिएको छ। भूकम्प र सूनामीका कारण मिनामीसोमा, फूकूसिमा लगायत जपानका दर्जनौ तटिय एवं प्रमुख शहरहरु तहसनहस बनेका छन्। यसैगरी सडक रेल र विद्युत सेवा अस्तब्यस्त बन्न पुगेको छ भने केही ठाउमा बाँधहरु भत्कनाले बाढीको खतरा विद्यमान रहेको छ।
यसैगरी भूकम्पले आणविक भट्टीमा समेत असर गरेको हुनाले अवस्था जटिल रहेको स्थानिय संचार माध्यमहरुले जनाएका छन्। उता भूकम्पपछिको सूनामीलाइ ध्यानमा राख्दै अमेरिकाले आफ्नो पस्चिमी तटबाट मानिसहरुलाइ हटाउन शुरु गरेको छ। अमेरिकाको पस्चिमी क्यालिफोर्निया क्षेत्रको तटिय इलाकामा बसोबास गर्ने दशौ हजार मानिसहरुलाइ सुरक्षित स्थानतर्फ स्थानान्तरण गर्ने कार्य तिव्र बनेको स्थानिय प्रशाशनले जनाएको छ।
जपानमा भूकम्पपछि १० मटिरभन्दा अग्लो सूनामी गएको थियो। भूकम्पका कारण प्रशान्त महासागरिय क्षेत्रमा ठूलो असन्तुलन पैदा भएको र समुद्रमा तिव्र गतिमा ज्वारभाटा र लहरहरु उठेको हुनाले यसले प्रशान्त महासागरिय क्षेत्रमा अवस्थित थुप्रै राष्ट्रलाइ प्रभावित गर्नसक्ने बताइएको छ। भूकम्पपछि राष्ट्रलाइ सम्बोधन गर्दै जपानका प्रधानमन्त्रि नाओटो काँनले भूकम्पका कारण जपानमा ठूलो विनाश मच्एिको बताएका छन्। उनले भूकम्पका कारण भएको जनधनको क्षतिलाइ ध्यानमा राख्दै सरकारले भूकम्पग्रस्त क्षेत्रमा उद्धार र राहत अभियानलाइ तिव्र बनाएको जनाएका छन्।
टेलिभिजनबाट सम्बोधन गर्दै उनले उद्धारकर्मीहरुले भूकम्प र सूनामीग्रस्त क्षेत्रमा क्षतिलाइ जतिसक्दो न्यूनतम गर्नको लागि उद्धार दलले भरमग्दूर प्रयास गर्ने बताएका छन्। भूकम्प र सूनामीका कारण केही आणविक भट्टीहरुमा क्षति पुगेको भएतापनि रेडियोएक्टिभ पदार्थहरुको चुहावट भने नभएको जनाइएको छ। सेन्दाइ शहरको विमानस्थल पनि भूकम्प र सूनामीको चपेटामा आएको उड्डयन विभागका अधिकारीहरुले बताएका छन्। अमेरिका र क्यानाडा सहित प्रशान्त महासागरिय क्षेत्रमा अवस्थित अन्य थुप्रै राष्ट्रहरुमा सूनामीको चेतावनी जारी गरिएको हुनाले ती राष्ट्रहरुको तटिय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।
रेडक्रसको अन्तराष्ट्रिय संस्था र रेड क्रेस्सेन्ट सोसाइटीले सूनामीजस्तो भयानक विपत्तिले प्रशान्त महासागरिय क्षेत्रमा अवस्थित विकासन्मूख राष्ट्रहरुलाइ तहसनहस बनाउनसक्ने चेतावनी दिएका छन्। सूनामीको चेतावनी जारी गरिएका अन्य राष्ट्रहरुमा रुस, फिलिपिन्स, इन्डोनेशिया , पपूवा न्यू गिनी, फिजी,मेक्सिको, ग्वाटेमाला , एल साल्भाडोर , कोस्टारिका, निकारागुवा, पानामा , होन्डूरस, चिलि , इक्वेडोर कोलम्बिया र पेरु रहेका छन्। यसैविच टोक्योको नजिकै रहेको पेट्रोलियम पदाथै प्रशोधन केन्द्रमा भिषण आगो लागेको छ। टोक्योमा भूकम्पका कारण लाखौ घरहरु विद्युतविहिन अवस्थामा रहेका छन्। टोक्योमा भूकम्पका कारण १० वटा स्थानबाट धूवा उडिरहेको दृश्य देखिएको प्रत्यक्षदर्शीहरुले बताएका छन्।
जपानले भूकम्पका कारण भएको क्षतिलाइ ध्यानमा राख्दै ५ वटा आणविक भट्टी रहेको क्षेत्रलाइ संकटकालको घोषणा गरेको छ। उता संयुक्त राष्ट्र संघले भूकम्प र सूनामीका कारण ब्यापक विनाश मच्चिएको जपानमा अन्तरराष्ट्रिय सहयोगको अपिल गरेको छ। संयुक्त राष्ट्र संघले जपानको भूकम्प र सूनामीका कारण भएको जनधनको क्षतिप्रति दुख प्रकट गर्दै अन्तरराष्ट्रिय समुदायसमक्ष यस्तो अपिल जारी गरेको हो। जपान भूकम्पिय क्षेत्रमा पर्ने भएको भएतापनि जपानमा हालसम्म मापन गरिएका भूकम्पहरुमा यो नै सवैभन्दा ठूलो रहेको जपानी भूगर्भविभागले जनाएको छ।
यसैविच अमेरिकी भूगर्भ विभागले जपानको पूर्वि तटमा ६ दशमलव ८ रेक्टर स्केल तिव्रताको कम्पन महसूस भएको जनाएक