१५९ औं मोती जयन्तीः मोतीको स्मरण र सम्मानमा कविता वाचन गरी मनाइयो

-गोपाल प्रसाद भट्टराई।

भाद्र–१७,अर्घाखाँची।

१५९औं मोती जयन्ती अर्घाखाँचीमा पनि युवाकवि मोतीको स्मरण र सम्मानमा कविता वाचन गरी मनाइएको छ । सोमबार युवाकवि मोतिराम भट्टको १५९ औं
जन्मजयन्तीको अवसरमा लुम्बिनी वाङ्गमय प्रतिष्ठान अर्घाखाँचीले सन्धिखर्कमा साहित्यिक कार्यक्रमको आयोजना गरी मनाएको हो ।

लुम्बिनी वाङ्गमय प्रतिष्ठान अर्घाखाँचीका अध्यक्ष बिष्णु प्रसाद बस्यालको अध्यक्षता, सदस्य नारायण खनालको स्वागत मन्तव्य र सचिव तिर्थराज आचार्यको संचालनमा सम्पन्न कार्यक्रममा विभिन्न कविहरुले आफ्ना रचनाहरु वाचन गरेर युवाकवि भट्टको स्मरण गर्नुभएको छ ।

साहित्यकार तथा प्रध्यापक माधवराज चुंदाली, ज्ञान बहादुर क्षेत्री, हिम लेकाली, बिष्णु भुसाल, कृष्ण प्रसाद भुसाल, डिल्लीराज घिमिरे, बिष्णु प्रसाद आचार्य लगायतले राष्ट्रिय विभूति समेत रहनुभएका युवाकवि भट्टको स्मरण गर्दै विभिन्न कविता सुनाउनुभएको थियो ।

राष्ट्रिय विभूति भट्टको वि.सं. १९२३ भाद्र कृष्ण कुशेऔँशीका दिन जन्मेर वि.सं. १९५३ भाद्र कृष्ण कुशेऔँसीकै दिन ३० वर्षको उमेरमा निधन भएको हो । मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पु¥याउनुभएको छ । नेपाली साहित्यको श्रृंगार रसलाई योगदान दिनुभएका युवाकवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलो पटक प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखाना समेत भित्र्याउनुभएको बताइएको छ ।

 

अन्य समाचारहरु