– शोभाखर पन्थी
अर्घाखाँची फाल्गुण-२९ । राष्ट्रिय जनमोर्चाको दोस्रो केन्द्रीय सम्मेलनको लागि जनमोर्चा अर्घाखाँचीले विभिन्न उपसमितीको निर्माण गरेको छ ।
राष्ट्रिय जनमोर्चाको सन्धिखर्कमा सम्पन्न २५ औँ पुर्ण बैठकले बैशाख १३ गतेदेखि पोखरामा सुरु हुने सम्मेलनको सहयोगका लागि जिल्ला स्तरमा प्रचार-प्रसार स्वयंसेवक आर्थिक लगायतका समितीहरु निर्माण गरेको छ ।
बैठक पछि जारी बक्तव्यमा पशुपति ढकालको अध्यक्षतामा १५१ सदस्यीय प्रचार पंसार समिती जुद्ध विर रानाको अध्यक्षतामा २ सय २५ सदस्यीय स्वंसेवक परिचालन समिती र सिद्धि प्रसाद भट्टराईको अध्यक्षतामा ५ सदस्यीय आर्थिक समितीको गठन गरेको जनाईएको छ ।
जनमोर्चाका जिल्ला अध्यक्ष झविलाल थापाको अध्यक्षता र केन्द्रीय सदस्य सागर केसीको विशेष आतिथ्यतामा बैठक सम्पन्न भएको थियो ।