– शोभाखर पन्थी
अर्घाखाँची फाल्गुण-२९ । अर्घाखाँची जिल्लामा पर्यटन प्रवद्र्धन गर्न सकेमा मनग्य आम्दानी गर्न सकिने भन्दै एक कार्यक्रमका सहभागि वक्ताहरुले आवश्यक पूर्वाधार तयार गरी पर्यटक आउने वातावरण श्रृजना गर्न राज्य सँग माग गरेका छन् ।
नेपाल पर्यटन वर्ष २०११ जिल्ला समन्वय समिति अर्घाखाँचीद्धारा आज सन्धिखर्कमा आयोजित पर्यटन प्रवद्र्धनका लागि अन्तरकि्रया विषयक गोष्ठीका बक्ताहरुले ऐतिहाँसिक पुरात्विक धार्मिक साँस्कृतिक र प्राकृतिक मनोरम दृष्यका दर्जनौ स्थलहरु हुँदा हुँदै पनि प्रचार प्रसारको कमी र राज्यको उदासिनताका कारण पर्यटन पर्वद्धन गर्न नसकिएको भन्दै दुख व्यक्त गरेका थिए । कार्यक्रमका सहभागि र वक्ताहरुले जिल्लावासीको एक्लो प्रयासवाट मात्रै पर्यटन पर्वद्धन गर्न नसकिने भन्दै सरकारको नेपाल पर्यटन वर्ष २०११ को अभियानले यस जिल्लामा राहतको अनुभुती दिएको वताएका थिए ।
प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासिनीको अध्यक्षता र शेशकान्त ओसनको सचालनमा सम्पन्न कार्यक्रममा जिल्ला न्यायाधिस अच्युत विष्ट पर्यटन कार्यालय भैरहवाका प्रमुख राजन राई नेपाली काँगे्रसका जिल्ला सभापति कमल प्रसाद भुसाल नेकपा एमालेका अध्यक्ष रामजी प्रसाद घिमिरे एकीकृत नेकपा माओवादीका राज्य समिति सदस्य छमकुमारी थापा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य शेर वहादुर विसी नेपाली जनता दलका केन्द्रीय सदस्य हरि प्रसाद भुसाल नेकपा मालेका जिल्ला सचिव केदार वेल्वासे एकीकृत क्रान्तिकारीका डिलाराम पाण्डे स्थानिय विकास अधिकारी पुण्य विक्रम पौडेल जिविसका पूर्व सभापति पिताम्वर भुसाल उद्योग वाण्ज्यि सँघका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ पत्रकार महासंघका अध्यक्ष शोभाखर पन्थी पूर्व अध्यक्ष निम बहादुर रिजाल सचिव प्रेम नारायण आचार्य लगायतका बक्ताहरुले मन्तव्य राखेका थिए ।
कार्यक्रममा अर्घाखाँची जिल्लाको पर्यटकीय अवस्था आगामी संभावना र चुनौतीलाई समेटेर पर्यटनविद् हरिशचन्द्र भुसालले एघार पृष्ठ लामो कार्यपत्र पेश गरेका थिए ।
तस्बिर: राम भुसाल
अर्घाखाँचीमा एक हप्ता यता प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासिनीको अध्यक्षतामा गठित नेपाल पर्यटन वर्ष २०११ जिल्ला समन्वय समिति सकि्रय वन्दै आएको छ । लामो समय देखी पर्यटकीय सम्भावनाको आशा वोकेका स्थानिय वासिन्दाहरुमा जिल्ला समन्वय समितिको सकि्रयताले थारै आशा पलाएको छ । स्मरण रहोस पाणिनी तपोभूमी पणेना डमरु दह ठाडा वल्कोट पौवा वल्कोट छत्र महाराजको मन्दिर छत्रगाज नरसिँह स्थान मन्दिर हँसपुर भगवती मन्दिर मन्दिर अर्घा सुपा देउराली मन्दिर खाँचिकोट दुर्वाशेस्वर गुफा खिदिम लगायतका पर्यटकीय स्थलहरु जिल्लामा अमुल्य निधीका रुपमा रहँदै आएका छन् ।