मासु पसल व्यवस्थित गरिने


– शोभाखर पन्थी


अर्घाखाँची फाल्गुण-२९ । अव्यवस्थित रुपमा सचालन हुँदै आएका जिल्लामा मासु पसलहरु चैत मसान्तभित्र व्यवस्थित वन्ने भएका छन् ।

 

मासु पसल व्यवस्थित गर्ने गराउने सम्वन्धमा जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षिय वैठकले मासु पसलहरु चैत महिनाभित्र अनिवार्य व्यवस्थित गर्न व्यवसायीहरुलाई अनुरोध गर्ने निर्णय गरेको हो । वैठकमा वोल्ने वक्ताहरुले जिल्लामा रहेका मासु पसलहहरुले जनताको स्वास्थ्यमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए । वैठकले फ्रेस हाउसको मापदण्ड भित्र रहेर मात्र पसल सचालन गर्न सवै व्यवसायीहरुलाई आग्रह गर्ने निर्णय समेत गरेको छ ।

 

खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नेतृत्वमा अनुगमन समितिको गठन गर्ने र सो समितिले जिल्लामा रहेका मासु पसलहरुको नियमित अनुगमन गर्ने निर्णय पनि भएको वैठकमा सहभागि नेपाली जनता दलका जिल्ला अध्यक्ष हरिप्रसाद भुसालले वताउनुभएको छ ।



अन्य समाचारहरु