जापानमा अर्घाखांची निवासी एक नेपाली महिलाको निधन

समाचार प्रकासित मिती  / फाइल ८ फेबुअरी, २०११

 

। हिजो सांझ साइतामा केनको कावागोयमा एक नेपाली महिलाको आकस्मिक निधन भएको छ ।

अर्घाखांची जिल्ला नुवाकोट-६ घर भई रोजगारीको सिलसिलामा २ बर्ष पहिले कुक भिसामा जापान आएका नारायणप्रसाद खनालकी ३० बर्षिय श्रीमती चेतनाकुमारी खनालको सोमबार साँझ ८ बजे कावागोय अस्पतालमा निधन भएको हो ।


१ बर्ष अघि जापान आएकी श्रीमती खनाल भोलि आज ८ तारिख राती १२ बजे थाई एअरलाईन्सको उडानबाट नेपाल जाने कार्यक्रम रहेको थियो । नेपाल जाने भएकोले हिजो सोमबार टोकियोको डिज्नील्याण्ड घुम्न जाने कार्यक्रम तय भएको र बिहान ७ बजेको अर्लारामसंगै उठेकी चेतनाकुमारी अचानक टाउको दुखेको बताउँदै तातोपानी तताएर पिएकी थिईन् । उनले आफुलाई वान्ता आउलाजस्तो भएको भन्दै तत्काल बेहोश भएर ढलेकी थिईन् । तत्काल एम्बुलेन्स बोलाई नजिकको अस्पतालमा पुर्‍याइएपनि लगभग बाँच्ने आशा नभएको कुरा अस्पतालले बताएको थियो । श्रीमान नारायणप्रसादले अप्रेशन नै गर्नु परेपनि अथवा जति खर्च लागे पनि आफ्नी श्रीमतीको उपचार गरिदिन हारगुहार गरेका थिए । तर दिनभर बेहोश अवस्थामा रहेकी श्रीमती चेतनाकुमारीको चेतना साँझ ८ बजे सँधैको लागि अचेतन भएको अस्पतालले घोषित गरेको थियो।

 

मृतकका श्रीमान नारायणप्रसादकाअनुसार ब्रेण्ड ह्याम्रेजका कारण श्रीमतीको निधन भएको हुनसक्ने अस्पताल सूत्रले जनाएको बताएका छन् ।

आजभन्दा १५ बर्षअगाडि बैबाहिक जीवनमा बाँधिएका खनाल दम्पतीको नेपालमा ११ बर्षिय १ छोरी र ९ बर्षिय १ छोरा छन् ।


श्रीमती चेतनाकुमारीको पार्थिव शरीर अहिले अस्पतालको नजिकै रहेको शव गृहमा राखिएको बताईएको छ भने उनको डाहसंस्कार भोलि ९ तारिख बुधबार दिउँसो २ बजे साईतामाकै याक्खा साइडो भन्ने ठाउँमा गरिने भएको छ । ***

अन्य समाचारहरु