अफगानिस्तानी राष्ट्रपति हामिद कार्जाइले हिजो अमेरिका र नेटोको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय सुरक्षाको सहायता सेनालाई अफगानिस्तानमा सैनिक गतिविधि रोक्न अनुरोधका साथै अफगानिस्तानी सर्वसाधारणको हताहत कम हुने आशा गर्नुभयो।
श्री कार्जाइले हिजो पूर्वी अफगानिस्तानको कुनार प्रान्तको निरीक्षण गर्नुका साथै हाल नेटोद्बारा गल्तीपूर्वक विस्फोटन गरिएको कारण मृत्यु भएका बालबालिकाहरुका नाटा-कुटुम्बलाई सान्त्वना व्यक्त गर्नुभयो। उहाँले आतंकवाद विरोधमाथि प्रहार गर्ने गतिविधि अफगानिस्तानका ग्रामीण क्षेत्रहरुमा हुँदैन भन्ने कुरा बताउनुभयो।
थाहा भएअनुसार, नेटोको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय सहायता सेनाले पूर्वी अफगानिस्तानको कुनार प्रान्तमा गरेको हवाई-आक्रमणबाट नौ जना अफगानिस्तानी बालबालिकाको मृत्यु भएको थियो। उक्त घटना भएपछि नेटो सेनाले एक वक्तव्य प्रकाशित गर्दै यसप्रति जिम्मेवारी वहन र क्षमा-याचना गरेको थियो।