काम सम्पन्न योजनाको भुक्तानी तत्काल दिन मुख्यमन्त्रीलाई ध्यानाकर्षण गरायौं : अध्यक्ष बसन्त भुसाल

-सुर्य प्रसाद भुसाल,अर्घाखाँची ।

अर्घाखाँची, भदौ २०- नेपाल निर्माण ब्यबसायि सघ अर्घाखाँची का अध्यक्ष तथा बरिस्ठ निर्माण ब्यबसायि बसन्त भुसालले अघिल्लो सरकारले गरेका कामलाई अर्को सरकारले अपनत्व लिन्नँ भन्न नमिल्ने बताउदै निर्माण ब्यबसायिको समस्या मा सरकार गम्भीर हुन नसकेको अारोप लगाएका छन ।

पुर्व अर्थमन्त्री बर्षमान पुनले बजेट सार्वजनिक गर्दा पनि निर्माण व्यवसायीहरूलाई सरकारले तत्काल भुक्तानी दिने गरि बजेट ब्यबस्थापन नगरेको प्रति ईङ्कित गर्दै बरिस्ठ निर्माण ब्यबसायि भुसालले यस्तो बताएका हुन । बिहिबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण अाचर्य सग भेट गरि निर्माण ब्यबसायि सघ अर्घाखाँची का अध्यक्ष समेत रहेका बरिस्ठ निर्माण ब्यबसायि भुसालले बर्तमान अर्थमन्त्री बिष्णु पौडेलले वर्तमान सरकार विगतको सरकारको निरन्तरता हो भन्ने कुरा बिर्सन नहुने बताउदै प्रदेश सरकारले पनि काम पूरा गरेका निर्माण ब्यबसायिलाई भुक्तानी नदिदा ब्यबसायिहरु धरासायि हुने अबस्थामा पुगेको बताउदै मुख्यमन्त्री को ध्यानाकर्षण गराएका छन ।

अध्यक्ष भुसालले भने निर्माण व्यवसायीहरूलाई भुक्तानी दिन नसक्ने कुरा गलत हो सरकारले काम गराउने पैसा नदिने उल्टै ब्यबसायि लाई दोष दिने काम बन्द गर्नु पर्छ केन्द्र देखि प्रदेश हुदै स्थानीय तहले समेत बजेट अभाव देखाउदै भुक्तानी दिन नसक्दा ब्यबसायि मर्कामा परेको जिकिर गरे भुसालले भने अहिलेपनि तीन तहका सरकार ले ब्यबसायिलाई लाई तिर्न ३ हजार आयोजनाको ४ खर्ब रुपैयाँ भन्दा बढि रहेको तथ्यांक निर्माण ब्यबसायि महासघ सग रहेको ले भुक्तानी छिटो गर्ने ब्यबस्था मिलाउन अनुरोध गरे । भुसाल भन्छन यो कुरा अर्थमन्त्री पौडेलले स्वीकार गरेका छन तर विगतका वर्षहरूमा विगतका सरकारहरूले गरेका कमीकमजोरीलाई यो सरकारले त्यसको अपनत्व गर्दिनँ भन्न नमिल्ने जिकिर गरे ।

यो सरकार विगतका सरकारको निरन्तरता हो भन्ने कुरा अर्थमन्त्रीले बिर्सनु हुन्न । यसको निकास दिने जिम्मेवारी अर्थमन्त्रीको हो।’ब्यबसायिले भुक्तानी पाउनु पर्छ भुसालको भनाइ छ ।

सरकारले निर्माण कार्य सकेका आयोजनाको सरकारबाट पाउनु पर्ने भुक्तानी तत्काल व्यवस्था गर्नुपर्ने मा पहल गर्न मुख्यमन्त्री चेतनारायण अाचर्यको ध्यानाकर्षण गराए । ब्यबसायि भुसाल भन्छन भुक्तानीको व्यवस्थापन गर्न नसक्ने भए त्यस्ता आयोजनाहरूलाई सरकारले खारेज गर्न पर्छ ।

उनले सरकार अभिभावक भएको भन्दै जनतालाई भ्रमित गर्ने काम, निर्माण उद्योगलाई ध्वस्त बनाउने काम गर्न नहुनेमा जोड दिए ।

निर्माण व्यसायीहरूलाई समाप्त गरेर निर्माण व्यवासायी मात्रै समाप्त नहुने भन्दै मुलुकको अर्थतन्त्र समाप्त हुने उनकाे भुसालको जिकिर छ । भुसाल नेपाल का धेरै ठाउमा काम गर्ने अम्मर निर्माण सेवाका सन्चालक तथा अर्घाखाँची निर्माण ब्यबसायि सघका अध्यक्ष हुन उनले लुम्बिनी प्रदेसका धेरै ठाउमा निर्माण को काम गरि रहेका छन ।

 

अन्य समाचारहरु