अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता फिलिप जे क्राउलिले गुप्त सूचना खोलेका एक सैनिकलाई अमेरिकी सेनाद्वारा अनुचित रुपमा सजायँ दिइएको दोषारोपण गरेका कारण हिजो राजीनामा दिएका छन्।
अमेरिकी विदेश मन्त्री हिलारी क्लिन्टनले वक्तव्यमा सार्वजनिक मामिला सम्बन्धी सहायक विदेश मन्त्रीबाट राजीनामा दिने फिलिप जे क्राउलिको राजीनामा-पत्र आफूले खेद गर्दै स्वीकार गरेको कुरा जनाउनुभयो।
साठी वर्षीय फिलिप जे क्राउलिले पहिले अमेरिकी वायु सेनामा छबीस वर्षसम्म काम गरेका थिए। पछि उनले ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषदमा काम गरेका थिए। सन् 2009को मेइ महिनादेखि उनले सार्वजनिक मामिला सम्बन्धी सहायक विदेश मन्त्री तथा अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताको पद सम्हाल्न थालेका थिए।