हो, राष्ट्रपति डा.रामवरण यादवबाट आधिकारीक रुपमा उद्घाटन सहित दश लाख पर्यटक भित्राउने लक्ष्यका साथ पर्यटन वर्ष २०११ को माहोल सुरुवात भएको छ । पर्यटन वर्षलाई सफल पार्न सरकारीगैरसरकारी तथा थुप्रै निजि क्षेत्रहरुबाट ठुलो तयारी भईरहेको देखिन्छ । गत वर्षहरुमा गरिएको कार्यक्रमहरुको क्षेत्रहरुलाई हेर्दा खाद्य स्वच्छताको महत्वलाई ध्यान नदिएको अथवा खाद्य स्वच्छता पर्यटन प्रर्वद्धनको आवश्यकता भन्ने नारालाई वेवास्ता गरिएको कुरा प्रमाणित हुन्छ । सामान्यतया रेष्टुरेष्ट होटल गेष्टहाउस मोटेल पर्यटकहरुको लागि खाद्य पदार्थप्रदायक संस्थाहरु भएको कारण यि संस्थाहरुको सेवा तथा उत्पादित खाद्यपदार्थले पनि पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । नेपालमा खाद्य पदार्थ उत्पादनतथा विक्री वितरण गर्न खोलिएका रेष्टुरेष्ट होटल गेष्टहाउस मोटेल तथा अन्य उत्पादन कर्ता इत्यादिको उचित व्यवस्थापनलाई पनि अन्य कार्यक्रमसँगै लग्न सकिएन भने पर्यटन प्रर्वदनका लक्ष्यहरु प्राप्त गर्न पूर्णतया असम्भव छ ।
नेपालजस्तो अविकसित मुलुकमा असुरक्षित खाद्यपदार्थबाट हुने स्वास्थ्य समस्या र यसबाट देशले व्यहोर्नुपर्ने घाटा अन्य कारणले भन्दा धेरै गुणा बढी हुन्छ । सेन्टर फर डिजिज कन्टे्राल एण्ड पि्रभेन्सन सि.डि.सी को रिपोर्ट अनुसार प्रत्येक वर्ष करिब चार करोड असी हजार अथवा हरेक ६ जनामा एक जना अमेरीकनहरु खाद्यजन्य रोगबाट पिडित हुन्छन् जसमा करिब तीन हजार जना मृत्युको मुखमा पुग्छन् । तर नेपालको सन्दर्भमा भने यसको प्रकोप आकलन निकाल्ने सम्बन्धि कुनै अनुसन्धानहरु भएका छैनन् । सबै खाद्यजन्य रोगहरु डरलाग्दा नहुने वा केही समयपछि अस्पताल नगईकन निको हुने भएकाले अस्पतालमा पुग्ने बिरामीको संख्याबाट मात्र खाद्यजन्य रोगहरुको प्रकोपको अवस्था आकलन गर्न सकिदैन । तर उचित पूर्वाधारबिना अस्तव्यस्त रुपमा खुलेका खाद्य उत्पादन तथा बिकि्र वितरण गर्ने खासगरी रेष्टुरेष्ट होटल गेष्टहाउस तथा सडकपेटीको खाद्य व्यापारको अवस्था देख्दा र बेलाबेलामा आइरहने विभिन्न खाद्यउद्योगबाट उत्पादित न्यून गुणस्तरिय तथा मिसावटजन्य खाद्यपदार्थको बजारमा बिगबिगी एवं खाद्यजन्य प्रकोप सम्बन्धित समाचारहरु विभिन्न मिडियामा देख्दा खाद्यजन्य समस्या नेपालमा ठूलै रहेको अनुमान गर्न सकिन्छ ।
केही समय अघि रियल जुसको गुणस्तरलाई लिएर नेपाली मिडिया तथा जनमानसमा ठुलै वहस चल्यो । नेपाल उपभोक्ता महासंघ देखि विभिन्न संघ-संस्थाहरुले ठुलो चासो दिए । वास्तवमा नेपालमा खाद्य उत्पादन गर्ने धेरै कम्पनीहरु गुणस्तर सम्बन्धि प्रश्न गर्ने खालका छन्। रोग लगाउने सुक्ष्म जिवहरु रसायनिक वस्तुहरु नाङ्गो आँखाले देख्न नसकिने हँदा उपभोक्ताले अस्वच्छ खाद्यपदार्थ भएको भनेर बुझ्ने कि त रियल जुसमा जस्तै आँखाले देख्ने गरि बिगि्रनुपर् यो वा नराम्रो गन्ध आउने गरी बिगि्रनु पर् यो । त्यसकारण पनि उपभोक्ताहरु खाद्यपदार्थहरुको स्वच्छता गुणस्तर प्रति लगभग अनविज्ञ नै रहन्छन् ।
हरेक सभ्यताको विकाससँगै खाद्य सभ्यताको विकासमा नेपाल किन पछाडि पर् यो त भन्ने कुरा एउटा गहन विषय हुन सक्दछ । स्वच्छ खाद्य पदार्थ उत्पादन प्रशोधन तथा वितरणमा समयसँगै परिवर्तन हुन नसक्नुको कारण निम्न बुँदामा उल्लेख गर्न सकिन्छ ।
१- चेतनाको कमीः
खाद्यपदार्थ उत्पादन तथा विकि्र वितरण गर्ने संस्था तथा उद्योगमा काम गर्ने कामदार तथा कर्मचारीमा मात्र होइन समग्र खाद्य उपभोक्तामा समेत चेतनाको कमी छ । अझ भनौ भने निति नियम बनाउने व्यक्तिहरु नै खाद्यजन्य समस्या तथा सम्भावित रोकथामका उपायहरुमा स्पष्ट छैनन् जुन ठुलो विडम्वनाको कुरो हो ।
वास्तवमा स्वच्छ खाद्यपदार्थ हरेक नागरिकको जन्म सिद्ध अधिकार हो । हडताल र विरोधको संस्कार बसिसकेको मुलुकमा स्वच्छ खाद्यपदार्थ उत्पादन तथा वितरणमा सम्बन्धित निकायलाई दवाव दिने गरि आजसम्म कुनै कार्यक्रम भएनन् जुन जनचेतानाको कमीको राम्रो उदाहरण हो । धेरै उपभोक्ताहरुलाई त आफूले उपयोग गरिरहेको खाद्यपदार्थमा आफ्नो स्वास्थ्यलाई हानी गर्ने पदार्थ भेटिए कहाँ उजुरी गर्ने मात्र होइन त्यस्तो उत्पादन कर्तालाई कारबाही हुन्छ वा हुदैन भन्ने जानकारीसम्म पनि छैन । त्यसकारण पहिलो कुरा खाद्य उत्पादन प्रशोधन तथा वितरण कर्ताहरुलाई्र कसरी स्वस्च्छ खाद्य उत्पादन गर्ने र यदि स्वच्छ खाद्यपदार्थ उत्पादन नगरिएमा कस्तो प्रकारको कारबाही हुन्छ भन्ने जानकारी छैन भने अर्को कुरा सर्वसाधारण उपभोक्ता खाद्य स्वच्छताको आफ्नो अधिकार हो भन्ने कुराप्रति अनभिज्ञ छन् ।
२- खाद्यउत्पादन तथा वितरणकर्ताको वेवास्ता
खाद्यपदार्थ अस्वच्छ हुनुको कारण र रोकथाम तथा नियन्त्रणका उपायहरु थाहा पाइकन पनि वेवास्ता गर्ने परिपाटीलाई पनि अर्को प्रमुख कारणको रुपमा लिन सकिन्छ । जब कानुन फितलो हुन्छ वा भएको कानुन पनि लागु गरिदैननाफा कमाउन खोलिएका खाद्य उत्पादन प्रशोधन तथा वितरण कर्ताहरुको रजाई चल्छ । सामान्य सरसफाईका उपायहरु अवलम्वन गर्दा पनि खाना प्रदुषित हुने क्रमलाई केही हदसम्म कम गर्न सक्ने अवस्थामा पनि यसलाई ध्यानै नदिएको पाइन्छ । उपायहरु जानकारी हुदाहुदै पनि त्यसलाई लागु नगर्ने वा गरेपनि निरन्तरता नदिने प्रवृतिलाई रोक्न एक मात्र उपाय सम्बन्धित सरकारी निकायबाट अनुगमन तथा दोषी माथि कारबाही हुनसक्छ ।
३- अपूर्ण कानुनजनशक्ति तथा कार्यन्वयनको कमी
स्वच्छ खाद्यपदार्थ उत्पादन सम्बन्धि खाद्य ऐन आफैमा पूर्ण नहुनु तथा भएको कानुन पनि राम्रोसँग कार्यन्वयन नहुनु अस्तव्यस्त खाद्यपदार्थ उत्पादन तथा वितरणको तेस्रो प्रमुख कारण हो । खाद्य ऐनलाई लागु गर्ने निकाय खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभाग भएपनि यस विभागले उचित अनुगमन नगर्दा तथा दोषी खाद्य उत्पादन कर्ताहरुलाई कारबाहीको घेरासम्म ल्याउन विभिन्न झमेलाहरु रहेको हुँदा खाद्य ऐन राम्रोसँग लागु हुन सकेको छैन । त्यसोत खाद्यस्वस्छता अनुगमन तथा परिक्षणगर्ने जनशक्तिको सम्बन्धित निकायमा उत्तिकै अभाव छ । जस्तो कि खाद्यपदार्थको गुणस्तर अनुगमन गर्न खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभाग अन्र्तगत काठमाडौ उपत्यकामा जम्मा १० जना तथा देशभर करीब ४० जना मात्र कर्मचारी छन्। यसबाहेक खाद्यस्वस्छतासँग सम्बन्धित पशुबधशाला तथा मासु अनुगमन बिषादी पशु स्वास्थ्य उपभोक्ता संरक्षण आदि सम्बन्धित ऐनहरु पूर्णरुपमा लागू हुनसकेका छैनन् । अस्वस्छ खाद्यपदार्थ पूर्ण रुपमा स्वास्थ्यसँग सम्बन्धित समस्या भएको हुँदा उक्त निकायको स्वास्थ्य सम्बन्धित निकायसँग समन्यवयन नहुनु अर्को कमजोरी पाटो हो ।
४- राजनैतिक संरक्षण