जापानमा भूकम्प र सुनामीका कारण क्षतीग्रस्त रहेको फुकुसिमा दाइइचीस्थित आणविक पावर प्लान्टमा रहेका भट्टीमा तेश्रो विष्फोटन भएपछि रेडयोविकिरणको खतरा बढेर गएको छ। मंगलबार आणविक भट्टीमा भएको विष्फोटन पछि विहानको समयमा विकिरणको स्तर बढेको भएपनि पछिल्लो समाचारमा विकिरणको स्तर कम भएको बताइएको छ।
विष्फोटनका क्रममा लागेको आगो नियन्त्रणमा आएको जापानको क्योदो समाचार समितिले जनाएको छ। शुक्रबारको महाभूकम्प र त्यसपछि आएको सुनामीले क्षती पुर्याएको फुकुसिमा आणविक संरचनामा रहेको आणविक भट्टीमा शनिबार पहिलो पटक विष्फोट भएको थियो। भूकम्प पछि संरचनामा रहेका भट्टीमा आणविक इन्धनलाई पग्लिनबाट रोक्ने चिस्याउन कुलिङ प्रणाली अवरुद्ध भएपछि विष्फोटनको क्रम शुरु भएको हो।
जापान सरकारका प्रमुख क्याविनेट सेक्रेटरी युकियो एदानोले पछिल्लो समयमा विकिरणको स्तर नाटकीय रुपमा कम हुँदै गएको जानकारी दिएका छन्। पछिल्लो रिपोर्ट अनुसार दुईबटा विष्फोटन लगत्तै विहानको समयमा देखिएको विकिरणको स्तरमा सात सय गुणाले कमी आएको छ। यद्यपी जापानका प्रधानमन्त्री नाआतो कानले फुकुसिमा आणविक संरचना देखि तीस किलोमिटर सम्मका बासिन्दाहरुलाई घर बाहिर नआउन चेतावनी दिएका छन्।
पछिल्लो हावाको गति अनुसार न्युनस्तरको विकिरण राजधानी टोकियो सम्म पनि पुग्न सक्ने त्यहाँस्थित फ्रान्सेली दुतावासले आफ्नो वेभसाइटमा उल्लेख गरेको छ। फुकुसिमा आणविक प्लान्ट रहेको तीस किलोमिटर वरपरको आकाशमा उडान निषेधित क्षेत्र घोषणा गरिएको छ। आणविक संरचना सञ्चालक टोक्यो इलेक्ट्रिक पावर कम्पनी टेप्कोले विष्फोटन रियाक्टरको कन्टेन्मे48ट भेसेलमा भएको र त्यसमा केही प्राविधिक समस्या रहेको पाहिएको पुष्टी गरेको छ। विष्फोटन पछि कर्मचारीहरुलाई अस्थाई रुपमा त्याहाँबाट हटाइएको टेप्कोले जनाएको छ। अन्तर्राष्ट्रिय आणविक उर्जा नियोग आइएइएले विष्फोटनले संरचनामा कुनै क्षती नपुगेको जनाएको छ भने विश्व स्वास्थ्य संगठन डब्ल्यु एच ओले स्वास्थ्य खतराको स्तर न्युन रहेको जानकारी दिएको छ। जपानको आणविक संयन्त्रमा सूनामी र भूकम्पका कारण देखिएको समस्या समाधानका लागि जपानी बैज्ञानिकहरुले विदेशी विषेशज्ञहरुको सहयोग आह्वान गरेका छन्।
जापानले अन्तराष्ट्रिय परमाणु उर्जा एजेन्सीसँग पनि समस्याको समाधानको उपाय खोज्न मदत मागेको छ। उता सूनामी र भूकम्पका कारण मर्नेहरुको संख्या चौबीस सय नाघेको पुष्टी भएको छ। उत्तर पूर्वि क्षेत्रको एक आवाशिय इलाकामा २ हजार मानिसहरुको शव भेटिएको बताइएाके छ। सुनामी र भूकम्पपछि उत्तर पूर्वि जपानमा ५ लाख मानिस विस्थापित हुन पुगेका छन् भने हजारौं मानिसहरुको मृत्यु भएको अनुमन गरिएको छ।
जापान अर्थतन्त्र
जापानमा शुक्रवार गएको शक्तिशाली भूकम्प र सूनामीका कारण उत्तर पूर्वि क्षेत्र अस्त ब्यस्त बनेको छ। सूनामी र भूकम्पले सवैभन्दा ठूलो क्षति तटिय क्षेत्रमा पुर्याएको छ। अझै पनि भूकम्पका तिव्र कम्पनहरुको महसूस भैरहेको र सूनामीको चेतावनी जारी रहेकोले सोनी, टोयोटा, निशान र हो48डाले आफ्नो संयन्त्रलाई बन्द गरेका छन्।