अर्घाखाँची २ फागुन । नेपाल पत्रकार महासंघ अर्घाखाँची साखाको आयोजनामा महासंघका सस्थापक सभापति कृष्णप्रसाद भटराईको १३ औ दिनको पुण्य तिथिको अबसरमा श्रद्धान्जली सभा सम्पन्न भएको छ ।
श्रद्धान्जली सभामा बोल्ने बक्ताहरुले किसुनजीको आदस्र र सिद्धान्तलाई लिएर अगाडी बढे देसले निकास पाउने बताएका छन् । उनीहरुले देस र जनतामा समर्पित सन्त नेता भटराई सम्पुर्ण नेपालीको नेता भएको बताएका थिए ।
श्रद्धान्जली सभामा पत्रकार महासंघका निबर्तमान अध्यक्ष नीमबहादुर रिजाल, क्रान्तीकारी पत्रकार संघका जिल्ला अध्यक्ष असोक खनाल,प्रेस युनियनका जिल्ला अध्यक्ष सूर्यप्रसाद भुसाल, प्रेस चौतारीका जिल्ला अध्यक्ष हिमबहादुर जिसि, लेकाली पत्रकार महासघका केन्द्रिय पार्सद सहयोगि बिसि, बिरेन्द्र केसी, प्रगतिसिल पत्रकार संघका अध्यक्ष ईन्द्रमणि भुसाल लगायतले श्रद्धान्जली मन्तब्य राख्नु भएको थियो ।
श्रद्धााजली कार्यक्रम पत्रकार महासंघका जिल्ला अध्यक्ष सोभाखर पन्थिको अध्यक्षता र सचिब प्रेमनारायण आचार्यको संचालनमा सम्पन्न भएको हो ।