हार्दिक श्रदान्जली

                                                          हार्दिक श्रदान्जली                                                        मिती:१५ मार्च २०११

“राजनीतिक दशर्ननले मात्रै देश विकास र आधारभूत मानव अधिकारको प्रत्याभूति सम्भव छैन,त्यसका लागि त्याग, तपस्या, समर्पण र प्रतिबद्धता त्यतिकै आवश्यक हुन्छ”- भन्ने भनाइका उदाहरणिय ब्यात्तित्व नेपाली कांग्रेसका संस्थापक नेता, पुर्वपार्टी सभापति, नेपाली राजनीतिका सिखर पुरुष,पुर्व प्रधानमन्त्रि स्व.श्री कृष्णप्रसाद भट्टराई स्वर्गारोहण भएको आज १२ दिन सकिदै गर्दा अर्थात १३ औ दिनको बिशेष पुण्य तिथीको अवसरमा नेपाली समाज यूएई हार्दिक श्रदान्जली अर्पण ब्यत्त गर्दछ। 


भट्टराई लाई गुमाउदा नेपाली काग्रेंश लाई मात्र नभएर समग्र राष्ट्र लाई परेको सत्यता मा दुई मत छैन।वहाँले  नेपाली जनतालाइ पुराउनु भएको योगदानको कदर गर्दै,सम्मान गर्दै,वहाँको मृत आत्माले सान्ति पाओस,बैकुण्ठ बास होस् भन्दै,वहाँका आफन्त,नेपाली कांग्रेस पार्टी,कार्यकर्ता, सम्पूर्ण  नेपाली जनता तथा शोकतम्त जनहरुलाई धैर्य धारणा गर्ने शक्ति श्री भगवानले प्रदान गरुन भनि वहाँलाइ हार्दिक श्रदान्जली अर्पण गर्दछौ।  


नेपाली राजनीतिका शिखर पुरुष, नेपाली कांग्रेसका संस्थापक महामन्त्री, नेपाली कांग्रेसका चार तारा (बि.पी. कोइराला, सुवर्ण सम्सेर, गणेशमान शिंह, कृष्णप्रसाद भट्टराई )मध्येका एक तारा अब यस धर्तिमा रहनु भएन। प्रखर बौद्धिकता र कुटनीतिक क्षमता एवं सुझबुझ भएका नेता भट्टराई त्यसबेलाको संसदीय शासन व्यवस्थामा कुशल नेतृत्व दिएका थिए।


प्रवासमा रहेका नेपालीहरु लाई समेत आफ्नो राष्ट्रका शिखर पुरुष लाई गुमाउदा स्तब्ध भएको आज १३ दिन पुगिसकेको छ।नेपाली काँग्रेस पार्टी ले,पार्टी को झन्डा झुकाई १३ दिन सम्म शोक मनायो। देश बिदेशमा उनको सम्झना गर्दै शोक सभा गरी श्रदान्जली अर्पण गरियो। भट्टराईका सबल पक्ष लाई आत्मसाथ गरी आउँदा पिढी ले पनि त्यही बाटो पहिल्याउन सकेमा मात्र भट्टराइ लाई सच्चा सम्झिएको र उनलाई श्रदान्जली अर्पण गरेको यथार्थता ठहरिनेछ । 
“यसरी एक युग पुरुष अनि जिउँदो सहिदको हाम्रो स्मृतिको पानामा मात्र रहने गरि सदाको लागि बिदा भएको आज को यो पुन्य तिथी लाई संयूत्त अरब यूएईमा रहेका सामाजिक संघसस्थाको प्रतिनिधि मुलक छाता सस्था नेपाली समाज यूएई परिवार हार्दिक श्रदा सुमन अर्पण वत्य गर्दछौ । 

 

 

कृष्ण ढकाल                                                                                                 उमाकान्त पाण्डे गाउंले
   अध्यक्ष                                                                                                                सचिव
नेपाली समाज यूएई                                                                                  नेपाली समाज यूएई 

 

एवम

    नेपाली समाज यूएई परिवार