लुम्बिनी प्रदेश सभाको चालु चौथो अधिवेशन अन्त्य

 

दाङ — लुम्बिनी प्रदेश सभाको चालु चौथो अधिवेशन सोमबारबाट अन्त्य भएको छ ।

लुम्बिनी प्रदेश सरकारको सोमबार बसेको बैठकले चौथो अधिवेशन सोमबारदेखि अन्त्यका लागि प्रदेश प्रमुख कृष्णबहादुर घर्तीसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । प्रदेश सरकारको सिफारिस अनुसार प्रदेश प्रमुख घर्तीले नेपालको संविधानको धारा १८३ को उपधारा २ अनुसार चालू अधिवेशन अन्त्य गरेका हुन् ।

Lumbini Province Assembly prepares to approve Civil Service Bill in today's meeting - myRepublica - The New York Times Partner, Latest news of Nepal in English, Latest News Articles

प्रदेश प्रमुखको कार्यालयकी प्रवक्ता धर्मा अर्याल बेल्बासेद्वारा जारी विज्ञप्तीमा सोमबार रातीदेखि अधिवेशन अन्त्य भएको उल्लेख छ ।