जापानमा आणविक विकिरण फैलिन नदिने प्रयास जारी, महाभूकम्प र सुनामीबाट उत्पन्न संकटप्रति जापानी सम्राटद्वारा दुःख ब्यक्त


 

जापानी सम्राट अकिहितो नोजुले शुक्रबार देशमा गएको भूकम्प र त्यसपछि आएको सुनामीले पैदा गरेको संकटका कारण आफूलाई अत्यन्तै दुखित तुल्याएको बताएका छन्। सञ्चारमाध्यममा अत्यन्तै कम मात्रै देखिने जापानी सम्राटले टेलिभिजनमा प्रत्यक्ष सम्बोधन गर्दै प्राकृतिक विपत्ती पछि आफूले जनताका लागि प्रार्थना गरिरहेको बताए।

Emperor Akihito addresses the Japanese people (16 March 2011)

महाभूकम्प पछि सुनामी र आणविक विकिरणको खतराले देशमा ठूलो संकट परिरहेको समयमा सम्राट टेलिभिजनमा देखा परेका हुन्।

A soldier stands next to a line of bodies found in Natori, Miyagi prefecture (16 March 2011)

जापानमा शुक्रबारको नौ रेक्टर स्केलको भूकम्प पछि आएको सुनामीका कारण दशौं हजार मारिएको अनुमान गरिएको छ। सम्राटले देशमा आएको भूकम्पलाई अनपेक्षित स्तरको भूकम्पको संज्ञा दिएका छन्।

A photograph shows the Fukushima Daiichi nuclear plant's reactor 4 (fourth from left) and reactor 3 (third from left) (15 March 2011)

कठिनाइको समयमा जनताहरुले हातमा हात मिलाएर एक अर्कालाई सहयोग गर्ने विश्वास पनि सम्राटले ब्यक्त गरेका छन्। शुक्रबारको भूकम्प र सुनामी पछि जापानमा हराई रहेका दशौं हजार मानिस मारिएको हुन सक्ने अनुमान गरिएको छ।

Residents fill up jerrycans with petrol in Akita (16 March 2011)

उता आणविक पावर प्लान्टमा विष्फोटन भएपछि बढेको रेडियो विकिरणका कारण त्यहाँबाट हटाइएका कामदार पुनः काममा फर्केका छन्। यस अघि फुकुसिमास्थित चौथो आणविक भट्टीमा अड्चालीस घ48टामा दोश्रो आगलागी भएको थियो भने तेश्रो भट्टीबाट पनि धुवाँ बाहिर आएको थियो। जापानमा भूकम्प र सूनामीका कारण मर्नेहरुको संख्या बढेर ३ हजार ५ सय ७० जना पुगेको छ भने हजारौ मानिस हराइरहेका छन्।