काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रिय भेला आज पनि जारी छ । काठमाडौंको प्रज्ञा भवनमा मंगलवारदेखि रास्वपाको भेला भइरहेको हो ।
भेलामा १ हजार ५ सय बढी प्रतिनिधिहरु उपस्थित छन् । मंगलवार भेलामा प्रदेश समितिका संयोजकहरुले रिपोर्टिङ गरेका छन् ।
साथै मंगलवार नै कोषाध्यक्ष लिमा अधिकारी र लेखा आयोगका प्रमुख अभिषेक घिमिरेले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो भने अनुशासन आयोगका सभापति भरतमणि देवकोटाले आयोगको प्रतिवेदन समेत पेश गर्नुभएको थियो ।
उपसभापति डा. स्वर्णिम वाग्लेले नीति विचार प्रतिवेदन र कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले विधान संशोधनको प्रस्ताव पेश गर्नुभएको थियो ।
आज भने प्रस्तुत सबै प्रतिवेदन र प्रस्तावउपर समूहगत छलफल हुनेछ । आज नै दलका नेताहरुले प्रश्नको उत्तर दिने र सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुने बताइएको छ ।