काठमाडौँ – नेपाली कांग्रेस र नेकपा एमालेको सरकारको न्यूनतम् साझा कार्यक्रम बनाउन गठन गरिएको कार्यदलले प्रतिवेदन बुझाएको छ ।
कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई बुधबार साँझ न्यूनतम् साझा कार्यक्रम सम्बन्धी प्रतिवेदन बुझाएको हो ।
सरकार गठनको दुई महिना भइसक्दा पनि सरकारले न्यूनतम् साझा कार्यक्रम तय नगरेको भन्दै आलोचना भएपछि दुई दलले कार्यदल बनाएका थिए ।