सहकारी छानबिन समितिको १,१२४ पृष्ठको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको प्रतिवेदन सार्वजनिक गरिएको छ ।

 

काठमाडौं । सहकारी ठगी सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदन सार्वजनिक भएको छ । संघीय संसद् सचिवालयले शुक्रवार दिउँसो आफ्नो वेबसाइटमार्फत प्रतिवेदन सार्वजनिक गरेको हो ।

भदौ ३१ गते प्रतिनिधि सभामा पेश भएको प्रतिवेदन सभामुख देवराज घिमिरेले सोही दिन कार्यान्वयनका लागि सरकारलाई पठाएका थिए । भदौ २ गते बुधवार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरिसकेको छ ।  समितिले सहकारी ठगीमा गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित चार जनालाई कार्वाही गर्न सिफारिस गरेको छ ।

एमाले सांसद सूर्य थापा संयोजकत्वको छानबिन समितिले सहकारी संस्थाको रकम कानुन विपरीत गोरखा मिडिया नेटवर्क प्रालिमा लगानी गरेको भन्दै प्रालिका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, सदस्य कुमार रम्तेल, प्रालिका तत्कालीन प्रबन्ध निर्देशक एवम् रास्वपा सभापति रवि लामिछाने र सञ्चालक छविराज जोशीलाई कारबाही सिफारिस गरेको छ । यस्तै सर्वसाधारणको बचत अपचलन गर्ने सहकारी संचालकको सम्पत्ति रोक्का र जफत गर्न सुझाव दिएको छ । प्रतिवेदन ११ सय २४ पेज लामो छ ।
सहकारी छानबिन समितिकोपूर्ण प्रतिवेदन पढ्न यहाँ क्लिक गर्नुहोला;

प्रतिवेदनको पूर्णपाठ यो लिंकबाट हेर्न तथा डाउनलोड गर्न सकिनेछ ।

लिंक–  https://hr.parliament.gov.np/np/publication/1726814758

प्रतिवेदनको पूर्णपाठ: