जापानद्वारा फुकुसिमास्थित आणविक भट्टीमा दुर्घटनाको स्तर बृद्धि भएको घोषणा, दुर्घटनाको स्तर चार पोइण्टबाट वृद्धी भइ पाच पुग्यो


 

 

जापानले भयङ्कर भूकम्प र सुनामीबाट क्षती ग्रस्त बनेको फुकुसिमास्थित आणविक संरचनामा दुर्घटनाको स्तर बढ्दै गएको जनाएको छ। विकिरणको स्तर चार पोइन्टबाट बढेर पाँचमा पुगेको जापानी अधिकारीहरुले बताएका छन्।

A group of rescue workers observe a minute of silence to mourn for the victims of the earthquake and tsunami in Rikuzentakata, Iwate prefecture.

सात पोइन्टको खतराको स्तरलाई आणविक दुर्घटनाको अन्तर्राष्ट्रिय स्तर मान्ने गरिन्छ।  पछिल्लो घोषणा पछि फुकुसिमा आणविक संरचनाको दुर्घटनाको स्तर सन् उन्नाइस सय छयासीमा युक्रेनको क्रेनोव्लीमा भएको आणविक दुर्घटना भन्दा दुई स्तर मात्र कम हुन पुगेको छ। जापानी आणविक अनुगमन संस्थाका प्रमुखले  आणविक संरचनालाई स्थिर राख्ने प्रयास समय विरुद्धको युद्ध जस्तै कठोर भएको चेतावनी दिएका छन्। जापानमा गत साताको शुक्रबार आएको नौ रेक्टर स्केलको भूकम्प र त्यसपछि आएको सुनामीका कारण फुकुसिमामा रहेको आणविक संरचनामा क्षती पुगेको थियो। आणविक भट्टीका आणविक इन्धन रहेका रड चिस्याउने प्रणालीले काम नगरेपछि त्यहाँबाट रेडियो विकिरण फैलिन शुरु भएको थियो।

Quake survivors observe a moment of silence at the time the massive earthquake struck their village of Tanohata, north-eastern Japan.

हाल त्यसलाई रोक्न प्राविधिकहरु संघर्षरत छन्। यस अघि भट्टी नम्बर दुइमा विद्युत प्रसारण जोड्न इन्जीनियरहरु सफल भएको खवर आएको थियो। आणविक संरचनाका भट्टीमा रहेको इन्धन पग्लिन नदिने प्रयास जारी रहेको समयमा अवरुद्ध विद्युत प्रसारण सुचारु भएपछि तातेका रड चिस्याउन सहज हुने अनुमान गरिएको छ। आणविक भट्टीमा रहेका इन्धन पग्लिन नदिनका लागि सैनिक हेलिकोप्टरले संरचनामा पानी खन्याउने प्रयास जारी राखेको छ। यद्यपी तिब्र हावाहुरीका कारण हेलिकोप्टर द्धारा पानी खन्याउने अभियान प्रभावित भएको बताइएको छ।

An elderly couple observes a moment of silence for victims of the 11 March earthquake and tsunami at a shelter in Rikuaentakata, Iwate Prefecture.

 त्यसैगरी गत शुक्रबारको महाभूकम्प पछि आएको सुनामीका कारण मर्नेहरुको संख्या बढेर छ हजार नाघेको पुष्टी भएको छ। सुनामीका कारण हाल पनि नौ हजार पाँच सय भन्दा बढी मानिसको अवस्था अज्ञात रहेको छ।

Municipal officials observe a moment of silence at Fukushima prefecture's disaster provision headquarters in Fukushima City.