तानसेन-छहरा सडक अन्तर्गतको मुझुङ-४ कटौजेपानी, भालुखानमा लु १ ज १३३९ नम्वरको जीप दुर्घटनामा परी अर्घाखाँचीको पटौटी-७ की ७१ वर्षीया प्रेमकला भट्टराईको मृत्यु भएको हो । उनको उपचारका लागि तानसेन ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
दुर्घटनामा घाईते मध्ये ७ जनाको मिसन अस्पतालमा उपचार भइरहेको छ भने ८ जनाको लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भएको प्रहरीले जनाएको छ । सिमेन्ट, छड जस्ता सामाग्रीसँगै १६ यात्रु बोकेको जीप कच्ची सडकबाट १ सय ५० मिटर तल खसेको छ ।
Editor’s Note: समाचार लेखक अर्घाखाँचीडट्कमका पाल्पा सहयोगी हुन ।