अफ्गानिस्तानका लागि राष्ट्र-संघीय विशेष प्रतिनिधि श्री स्टेफेन डि मिस्तुराले गत बिहीबार बोल्दै आगामी महिना लागि अफ्गान-नेतृत्व सुरक्षा बलका लागि सङ्क्रमणकाल हुने कुरामा जोड दिनुभयो।
श्री स्टेफेनले सुरक्षा परिषदको एक खुला छलफलमा भन्नुभयो- आगामी महिना भनेको अफ्गान नेतृत्व सुरक्षा फौजको सङ्क्रमणको समय हो।किनकि सुरक्षा प्रवन्धहरू अन्तर्राष्ट्रिय बलका रुपमा उसलाई क्रमशः हस्तान्तरण गरिँदैछ।
छलफलमा सुरक्षा परिषदले अफ्गानमा राष्ट्र संघीय मिसनको म्यान्डेट अवधि अर्को एक वर्षसम्म लम्व्याउने आशा राखेको छ।हालको म्यान्डेट भने यही मार्च 23 समाप्त हुँदैछ।