-सागर परियार, अर्घाखाँची ।
अर्घाखाँची- घरेलु तथा साना उधोग कार्यालय अर्घाखाँचीद्वारा बजार अनुगमन लाई तिब्रता दिएको छ ।
सोमबार घरेलु तथा साना उधोग कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख दुर्गा न्यौपानेको नेतृत्वमा जिल्लाको भुमिकास्थान नगरपालिकाका वडा नं. ६ र ८ मा पुगेको अनुगमन टोलिले त्यस क्षेत्र भित्रका होटल ,गल्ला किराना ,फेन्सीकपडा, फलफूल तथा तरकारी पसलहरु , लगायतका १८ वटा फर्महरु अनुगमन गरेको छ ।
अनुगमनको क्रममा केहि पसलहरु दर्ता नगरी संचालन गरिएको, पसलहरुमा म्याद गुज्रेका खाध्य सामाग्रीहरु राखिएको भेटिएको थियो ।
यसरी दर्ता नगरी संचालन गरिएका ब्यबसायिहरुलाइ १५ दिन भित्र दर्ता गर्ने टाइम दिएको छ भने म्याद गुज्रेका सामाग्रीहरुलाइ भुमिकास्थान नगरपालिकाको डम्पिङ्ग साइडमा नस्ट गरिएको छ ।
अनुगमन टोलिमा घरेलु तथा साना उधोग कार्यालय अर्घाखाँचीका उधोग कार्यालय प्रमुख दुर्गा न्यौपाने, भुमिकास्थान अधिकृत शकंर प्रसाद अधिकारी नेपाल चेम्बर
अफ कमर्सका अध्यक्ष अशोक श्रेष्ठ, उद्योग वाणिज्य संघका कोषाध्यक्ष रुद्र प्रसाद श्रेष्ठ, जिल्ला प्रहरी कार्यालयका सप्रनी सुर्य प्रसाद भट्टराई , घरेलु तथा साना उधोग कार्यालयका हुम बहादुर विक, हरि खनाल र नेपाल पत्रकार महासंघ अर्घाखाँचीका सदस्य सागर परियार लगायतको सहभागी रहेको थियो ।
थप तस्बिर :