जपानमा भूकम्प र सूनामीका कारण मृत्यु हुनेहरुको संख्या आठ हजार नाघेको छ भने ११ हजार हराइरहेका छन्। भूकम्प र सूनामीका कारण विस्थापित भएका दशौ हजार मानिसहरुलाई अस्थायी आश्रयस्थलहरुमा राखिएको छ।
यद्यपी उनीहरु प्रयाप्त खानेपानी, विद्युत सेवा, इन्धनको अभावका कारण थप कष्ट भोग्न बाध्य छन्। यसैगरी तापक्रम अत्यन्तै घटेर शून्य भन्दा पनि कम रहेका कारण भूकम्प र सूनामीका कारण पिडित बनेका जपानीहरुको समस्या बढेर गएको छ। स्थानिय संचारमाध्यमहरुले मर्नेहरुको संख्या बढेर १७ सय भन्दा माथि पुग्न सक्ने जनाएका छन्। भूकम्प र सूनामीका कारण ५ लाख मानिस विस्थापित भएका छन्।
भूकम्प र सूनामी प्रभावित क्षेत्रमा उद्धार अभियान तिव्र पारिएको छ। हालसम्म जपानमा भूकम्पपछि सयौ पटक कम्पनहरु महसूस गरिएका छन्। उता भूकम्प र सुनामीका कारण प्रभावित बनेको फूकूसिमा आणविक भट्टीको अवस्था चिन्ताजनक र स्थिर रहेको छ। यद्यपी विकिरणहरुको प्रभाव भने घातक स्तरमा नरहेको जपानी बैज्ञानिक एवं प्राविधीकहरुले जनाएका छन्।
बैज्ञानिक एवं प्राविधीकहरुले ठप्प रहेको आणविक भट्टीको चिस्यान प्रणालीलाई संचालनमा ल्याउनको लागि २४ सै घ48टा कसरतमा जुटेका छन्। फूकूसिमा आणविक भट्टी सहित त्यस वरीपरीको क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ। यसैबीच दुध र सागमा विकिरणको मात्रा भेटिएपछि फुकुसिमा क्षेत्रमा खाद्य पदार्थ विक्री वितरणमा प्रतिबन्ध लगाइएको छ।