अर्घाखाँची । नेकपा एमालेको विधार्थी संगठन अनेरास्वबियू अर्घाखाँचीको २० औ जिल्ला सम्मेलन अनेकौ विवादका बिच नयाँ समिती चयन गर्दै सदमुकाम सन्धिखर्कमा सम्पन्न भएको छ।
चैत्र ६ र ७ गते गरी दुई दिन सम्म शिक्षा स्वास्थ्य रोजगार हाम्रो मौलिक अधिकार ! राष्ट्रिय एकता दिगो शान्ती र नयाँ संबिधानको पक्षमा भन्ने मुल नाराका साथ चलेको उक्त सम्मेलनले चुनावी प्रकृयाबाट नयाँ जिल्ला समिती चयन गरेको छ ।
थाहा भए अनुसार नयाँ जिल्ला समितीमा अध्यक्ष भरत न्यौपाने, उपादध्क्षयमा मणीराम आचार्य, सचिवमा प्रदिप नेपाली , सहसचिवमा शंकर पौडेल, कोषध्क्षयमा भुपेन्द्र सुबेदी लगायत ३३ सदस्यिय जिल्ला समिती चयन गरिएको छ।