आत्महत्या नगर (कविता)

Open photo

आत्महत्या नगर (कविता)

अध्यारो निरंकार रात जब
बिहानि मिर्मिरेको लालीसँगै
उज्यालो दिनमा बदलिन्छ ।
तब नया वाटो र गोरेटाहरु
भेटिन थाल्दछन र गन्तब्यको यात्रा सुरु हुन्छ ।
जिवनका हरेक मोडहरुमा आउने
समस्या, चुनौति र अप्ठ्याराहरु
दुख, पिडा र अभावहरु
समयको रफ्तारसँगै एकदिन
खुसि र हाँसोमा अवस्य रुपान्तरण हुने छन।
तर पनि तिमि जिन्दगि वाट निरास भएर
आफ्नै मन वाट वेचैन भएर
मुल्यहिन र अर्थहिन कुराहरु
अनर्थ के के सोचिरहेका छौ ?

यो जिवन केवल एक पटक जिउने न हो
तिमि धर्तिमा पछाडि कहिल्यै फर्कने छैनौ
आफन्त भेट्न पाउने छैनौ, साथिभाइ देख्न पाउने छैनौ र
जिन्दगि लाइ फेरि भोग्न पाउने छैनौ।
त्यसैले,
तिमि यसैमा रमाउन सक्नुपर्छ ।
हाँस्न सक्नुपर्छ, नाच्न सक्नुपर्छ र बाँच्न सक्नुपर्छ ।
गरिब हुनुलाइ बोझ सम्झन्छौ भने
जन्मदा तिमिले के ल्याएका थियौ र
मरेर जाँदा के नै लैजाने छौ ?
विपन्न हुनुमा दुखि छौ भने
गौतम बुद्ध दरबार छोडेरै हिडेका थिय ।
धोका पाउनुलाइ अभिसाप सम्झन्छौ भने
महापुरुषहरु प्रेमि त्यागेर नै महान भएका थिय।

असफलताले थिचिरहेको छ भने तिमिलाइ
वैज्ञानिकहरु हजारौ असफलताको विच वाटै
सफल भएका थिय ।
आफुलाइ सानो सम्झिन्छौ भने पनि
एकपटक दुनिया तिर फर्केर हेर
के आफु जस्तै अरुलाइ भेटाउन सक्छौ ?
के तिमि जस्तै महान कोहि जन्मेको छ र ?
त्यसैले धर्तिमा तिमि महान व्याक्ति हौ ।
पहराको काप वाट जसरि
निर्झर पानी बगिरहेको हुन्छ ।
चट्टानको कोप वाट बिरुवाले
आफ्नो जिवन खोजिरहेको हुन्छ ।
कालो बादलको विच वाट
सुर्यले उज्यालो दिइरहेको हुन्छ ।
ब्यार्थ निरास तिमि किन बन्छौ अझै ?
फेरि हिम्मत गर
लडेकै ठाँउ वाट उठ्न सिक ।
झरेकै ठाँउ वाट दौडन सिक ।
तिम्रो आँट नै तिम्रो सर्वथोक हो ।
तिम्रो बिचार नै तिम्रो सफलता हो।
तिमि रहुन्जेल आसाका किरणहरु रहनेछन।
विकल्पका गोरेटाहरु भेटिनेछन ।
अवरोध र चुनौतिहरु मेटिने छन।
तिमि यो धर्तिका अत्याबस्यक मानब हौ
त्यसैले,
तिमि आत्महत्या नगर ।

   – श्यामलाल चुदाली