यमनको राजधानी सानाआमा सरकारविरोधी ठूलो पैमानाको र्याली प्रदर्शन भएको छ। विरोधी पक्षले सुरक्षा सेनासँग भिडन्त गरेका छन्। स्थानीय सञ्चार माध्यमका अनुसार, भिडन्तबाट कम्तिमा 41 जनाको मृत्यु हुनुका साथै दुई सय जना घाइते भएका छन्। तर यमनको गृह मन्त्रालयले मृतकको संख्या 25 बताएको छ।
घटनापछि यमनी राष्ट्रपति अलि अबदुल्लाह सालेहले यमन जरुरी अवस्थामा रहेको र राजधानी तथा प्रान्तीय सदरमुकाममा हतियार निषेध घोषणा गर्नुभएको छ। श्री सालेहले सोही दिनको पत्रकार सम्मेलनमा हताहत मामिलाप्रति श्रद्धान्जलि व्यक्त गर्नुभएको छ।
हिजै यमनका इब्ब, अल होडेइदा, अडेनलगायत शहरमा पनि विरोधी गतिविधि भएका छन्।