भूमिकास्थान नगरपालिकाले गर्यो खिल्जीमा संचालित हाटबजारको अनुगमन (तस्बिर सहित)

Open photo

 

-गोपाल प्रसाद भट्टराई।

असौज–१४,अर्घाखाँची – अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले आईतबार खिल्जीमा संचालित हाटबजारको अनुगमन गरेको छ ।

May be an image of 4 people, temple and textMay be an image of 9 people

साना किसान कृषि सहकारी संस्था खिल्जीद्धारा संचालित हाटबजारमा रहेका विभिन्न स्टलहरुमा अनुगमन गरिएको नगरस्तरिय बजार अनुगमन समितिका संयोजक शंकर अधिकारीले जानकारी दिनुभएको छ ।

May be an image of 6 people

भूमिकास्थानले बजार अनुगमनलाई नियमित गर्दै आइरहेको भएपनि आईतबार हाटबजारलाई लक्षित गरि त्यहाँ हुन सक्ने विभिन्न किसिमका विकृतिलाई रोक्न हाटबजारमा रहेका स्टलहरुमा अनुगमन गरिएको उहाँको भनाई छ ।

May be an image of 5 people

महगिं, कालोबजारी नियन्त्रण तथा म्याद गुज्रिएका समानहरु उपभोक्ताले प्रयोग गर्नु नपरोस् भन्ने उद्देश्यले हाटबजार अनुगमन गरिएको हो ।

May be an image of 8 people

हाटबजारमा संचालनमा रहेका विभिन्न स्टलहरुमा अनुगमन गर्दा केहि पसललेहरुले बिलबिजक नराखेको, केहि पसलेहरुले दर्ता नगरेको, केहि पसलेहरुले लेभलिङ्ग नगरेका सामानहरु बिक्रिको लागि राखेको पाइएको छ ।

May be an image of 7 people

टोलीले मापदण्ड बिपरित संचालनमा रहेका त्यस्ता व्यवसायीहरुलाई लिखित निर्देशन दिइएको बजार अनुगमन संयोजक अधिकारीले बताउनु भयो ।

May be an image of 9 people

अनुगमनमा भूमिकास्थान–६ का वडाध्यक्ष प्रेम नारायण वेल्वासे, वडासदस्य सुर्य बहादुर घर्ति मगर, अनुगमन टोली संयोजक शंकर अधिकारी, कृषि शाखा प्रमुख राम बहादुर थापा, राजस्व शाखा प्रमुख जगत प्रसाद भुसाल, पत्रकार गोपाल प्रसाद भट्टराई, खिल्जी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक सोम प्रसाद पाठक, हवल्दार विक्रम घर्ति लगायतको सहभागिता रहेको थियो ।

थप तस्बिर :

May be an image of 8 people

May be an image of 4 people, temple and text

May be an image of 9 people

May be an image of 5 people and temple

May be an image of 5 people

 

अन्य समाचारहरु