अन्तर्राष्ट्रिय पारमाणविक उर्जा एजेन्सीको परिषदको एउटा विशेष सम्मेलनमा सहभागी भएका चिनियाँ प्रतिनिधि मण्डले अन्तर्राष्ट्रिय पारमाणविक उर्जा एजेन्सीबाट आणविक दुर्घटना समस्याको समाधान गर्नेतर्फ अझ बढी महत्वपूर्ण भूमिका खेल्नुपर्ने ठहर लिएको छ।
अन्तर्राष्ट्रिय पारमाणविक उर्जा एजेन्सीले हिजो 21 तारिखका दिन मुख्यालय भिएनामा एउटा विशेष सम्मेलनको आयोजा गरेको थियो। सो एजेन्सीका महा प्रबन्धक युकिया आमानोले उहाँ स्वयम आफैले जापानको भ्रमण गरेको अनुभव तथा जापानको फुकुशिमा आणविक विद्युत केन्द्रको पछिल्लो प्रक्रिया जस्ता विषयहरुबारे परिषदका सदस्य मुलुकहरुलाई सुनाउनुभएको थियो।
अन्तर्राष्ट्रिय पारमाणविक उर्जा एजेन्सीस्थित चिनियाँ स्थायी प्रतिनिधि मण्डलका उप प्रमुख ह्वाङ्ग वैले यस आणविक दुर्घटना भएपछि सो एजेन्सीले हासिल गरेको प्राथमिक सूचनाको गति ढिलो भएको र यस बिषयमा सुधार गर्न चीनले ध्यान दिइसकेको बताउनुभयो।