लिबियाको राजधानीमाथि पश्चिमी मुलुकको वायु-स्थल आक्रमण जारी


 

अमेरिका, बेलायत तथा फ्रान्स आदि पश्चिमी मुलुकले लिबियाको राजधानी ट्रिपोलीमाथि युद्ध विमानको प्रयोग गरी आक्रमण जारी राखेको छ। यसका साथै अन्तर्राष्ट्रिय समाजमा युद्धविरुद्धमा आवाज उठ्न थालेको छ।

 

हिजै रुसका राष्ट्रपति दमिट्रि मेदभेदेभले लिबियाको स्थितिका लागि मध्यस्थ गर्न रुस इच्छुक रहेको कुरा बोल्दै अन्तर्राष्ट्रिय समाजको मध्यस्थताद्बारा लिबियामा शान्ति पुनःहुने आशा लिनुभएको छ। साथै रुसले कुनै पनि सेनालाई पठाएर लिबियाको सैनिक कार्वाहिमा भाग लिन नहुने कुरा पनि उहाँले प्रकट गर्नुभएको छ।

 

 साउदी अरबको भ्रमणमा रहनुभएका टर्कीका प्रधानमन्त्रीले लिबियाको भविष्यलाई लिबियाका जनताले निर्णय गर्नुपर्ने कुरा बोल्दै लिबियाको युद्ध तुरुन्त अन्त्य हुने आशा पनि लिनुभएको छ।

 

 

अमेरिकी युद्धबिमान लिबियामा दुर्घटनाग्रस्त

 

 अमेरिकी युद्धबिमान लिबियामा दुर्घटनाग्रस्त भइ खसेको छ । अमेरिकी सेनाका प्रबक्ता केनिथ फिडलरले विमान कसैले खसाएको भनाइको खण्डन गरेका छन् ।

 

प्राविधिक त्रुटिका कारण वायु सेनाको एफ १५ स्ट्राइक इगल विमान अवतरण गरिएको प्रबक्ता फिडलरको दाबी छ । विमानका दुवैजना चालकको सकुशल उद्दार गरिएको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।

 

वायु सेनाको एफ १५ स्ट्राइक इगल विमान विद्रोहीको पकड रहेको बेंगाजीमा खसेको हो । विमान खसेको ठूलो आवाज कर्नेल गद्दाफीको निवासमा पनि सुनिएको थियो ।

 


अमेरिकी नेतृत्वको सेनाको आक्रमणबाट गद्दाफीका नौ जना सैनिकको मृत्यु, लिवियाली वायुसेना, स्थलसेनाका कार्यालयमाथि अमेरिकी निशाना जारी


लिवियामा शासक कर्णेल गद्दाफीका विरुद्ध अमेरिकी नेतृत्वको गठबन्धन सेनाले हवाइ आक्रमण तिव्र बनाएको छ। पछिल्लो पटकको हवाइ आक्रमणमा गद्दाफीका नौ जना वफादार सैनिकको मृत्यु भएको छ। राजधानी टि्रपोलीमा विष्फोटका आवाजहरु सुनिएको प्रत्यक्षदर्शीले बताएका छन्।

 

यसैगरी शहरका केही स्थानबाट बाक्लो धूँवाका मूस्लो उठिरहेको उनीहरुले बताएका छन्। हवाइ आक्रमणबाट टि्रपोलीमा थुप्रै सर्वसाधारणको हताहती भएको प्रत्यक्षदर्शीले बताएका छन्। यद्यपी कति संख्यामा मानिसको हताहति भयो भन्ने यकिन विवरण प्राप्त हुन सकेको छैन। आक्रमणको निशानामा लिवियाली वायु सेनाको अखडा, स्थल सेनाको अड्डा र सैनिक सामग्री एवं बन्दोबस्तिका सामान परेका छन्। आक्रमणका कारण लिवियाली सेनाको ट्याङ्क र बख्तरबन्द गाडी ध्वस्त भएका छन्।

 

उता हवाइ आक्रमणका कारण मिस्रता शहरमा पनि सयौं मानिसको मृत्यु भएको बताइएता पनि यसको स्वतन्त्र रुपमा पुष्टि हुन सकेको छैन। गद्दाफीलाई सत्ताबाट हटाउन अमेरिकी नेतृत्वको गठबन्धन सेनाले लिवियामा हवाइ र क्षेप्यास्त्र आक्रमणलाई तीव्र बनाएको छ।