आजदेखि अर्घाखाँचीका २४ वटा केन्द्रमा यस वर्षको एसएलसी परीक्षा सुरु

सन्धिखर्क, अर्घाखाँची । यस वर्षको प्रवेशिका (एसएलसी) परीक्षा आजदेखि सुरु भएको छ ।

 


यसैक्रममा थाहा भए अनुसार आज चैत्र १० देखी सन्चालन हुने परिक्षाको लागि अर्घाखाँची भर २४ वटा केन्द्र रहेका छन् । 

 


जिल्लाबाट यस बर्षको एसएलसीमा नियमित (रेगुलर) तर्फ ३,६८४ र एक्जामटेड तर्फ २,०२४ गरी जम्मा ५,७०८ जना बिधार्थीहरु परिक्षामा समीलित रहेका छन् ।

 


परिक्षा बिहान ८ बजे देखी ११ बजे सम्म हुनेछ ।

 


यस अघि जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीले प्रवेशिका परिक्षा एसएलसीलाई थप मर्यादित अनुशासित र व्यवस्थित रुपमा सन्चालन गर्ने उदेश्यले सन्धिखर्कमा एक कार्यक्रम सम्पन्न गरेको थियो।

 

सरकारले यसबर्ष चिट चोर्ने, चोराउने र परीक्षालाई अमर्यादित बनाउन खोज्ने जो कोहीलाई तत्काल पक्राउ गरी सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाउने भएको छ ।

 

परीक्षा केन्द्रमा केन्द्राध्यक्षबाहेक कसैलाई पनि मोवाइल चलाउन नदिने भएको छ । सो परीक्षा यही चैत १८ गतेसम्म चल्नेछ ।

 

अन्य समाचारहरु