-अनिल नेपाली , अर्घाखाची ।
शीतगङ्गा – ३४औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा राष्ट्रिय ज्येष्ठ नागरिक समाज नेपाल, शीतगङ्गा नगर समिति द्वारा आयोजित ज्येष्ठ नागरिक सम्मान तथा नयाँ भवन उद्घाटन समारोह भव्य रूपमा सम्पन्न भएको छ।
प्रमुख अतिथिका रूपमा नगर उपप्रमुख गीता भाट र राष्ट्रिय ज्येष्ठ नागरिक समाजका केन्द्रीय अध्यक्ष श्री चन्द्रकान्त आचार्यले संयुक्त रूपमा भवनको उद्घाटन गर्नु भयो।
उक्त कार्यक्रममा ज्येष्ठ नागरिकहरूको सम्मान गर्दै, उनीहरूको योगदानको कदर र सम्मान स्वरूप ८० बर्ष ज्येष्ठ नागरिकह्रुलाई सम्मान गरिएको छ । कार्यक्रममा मन्तब्य राख्दै उप प्रमुख गीता भाटले ज्येष्ठ नागरिकहरूको हकअधिकारको संरक्षण र समाजमा उनीहरूको भूमिका अझ सशक्त बनाउन आवश्यक भएको बताउनुभयो। साथै, उहाँले ज्येष्ठ नागरिकहरूको सम्मानले समाजलाई नै सशक्त बनाउने कुरा औंल्याउनु भयो।
राष्ट्रिय ज्येष्ठ नागरिक समाजका केन्द्रीय अध्यक्ष श्री चन्द्रकान्त आचार्यले ज्येष्ठ नागरिक समाजको मर्म र उद्देश्यका बारेमा धारणा राख्दै, यो संस्थाले ज्येष्ठ नागरिकहरूको हितमा निरन्तर काम गर्दै आएको र भविष्यमा अझ व्यापक रूपमा विस्तार गर्ने योजना रहेको बताउनुभयो। उहाँले समाजले ज्येष्ठ नागरिकहरूको सुरक्षा, स्वास्थ्य र हकअधिकारका विषयमा काम गरिरहेको र नगर समितिहरूलाई थप सक्रिय बनाउनुपर्नेमा जोड दिनुभयो।
शीतगङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन जिसीले कार्यक्रममा बोल्दै ज्येष्ठ नागरिकहरूको क्षमता र अनुभवलाई नयाँ पुस्ताले ग्रहण गर्नुपर्ने विचार व्यक्त गर्नुभयो। उहाँले ज्येष्ठ नागरिकहरूको ज्ञान र अनुभव समाजको सम्पत्ति रहेको र यसलाई सम्मानका साथ उपयोग गर्नुपर्ने बताउनुभयो।
अधिकृत जिसीले राज्यले ज्येष्ठ नागरिकहरूलाई प्रदान गर्ने सेवाहरू सम्बन्धमा प्राप्त भए नभएका ेबारे समेत सुझाव लिनु पर्ने बताउनु भयो । नगरपालिकाले ज्येष्ठ नागरिकहरूलाई प्रदान गर्दै आएको सहयोग निरन्तर जारी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।कार्यक्रमको अध्यक्षता राष्ट्रिय ज्येष्ठ नागरिक समाज शीतगङ्गा नगर समितिका अध्यक्ष श्री हुमबहादुर बेलबासेले नगरस्तरमा ज्येष्ठ नागरिकहरूको सम्मान र सेवामा निरन्तर क्रियाशील रहनुपर्नेमा जोड दिनुभयो।
नयाँ भवनले समितिलाई थप सशक्त रूपमा ज्येष्ठ नागरिकहरूको सेवा र संरक्षणका लागि काम गर्न सहयोग पुर्याउने कुरा उल्लेख गर्नुभयो।कार्यक्रममा विभिन्न ज्येष्ठ नागरिकहरू तथा भवन निमार्ण र जेयेक्ष्ठ नागरिकको क्षेत्रमा सहयोग गर्ने बिभिन्न ब्यत्तिहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष चिन्ताराज अधिकारी , वडा नम्बर ४ का वडा अध्यक्ष दामोदर अधिकार ,महिला बालबालिका तथा ज्यष्ठ नागरिक शाखा प्रमुख रमा पाण्डे, ज्योति भबिश्वर बहुमुखी क्याम्पस प्रमुख कुमार केशब सिह बेल्बासे, केदार बेलबासे द्धारा सञ्चालन गरिएको थियो उपस्थित सदस्यहरूले नयाँ भवन उद्घाटनको अवसरमा खुशी प्रकट गर्दै ज्येष्ठ नागरिकहरूको भविष्यमा अझ राम्रो सेवा र संरचनामा काम गर्न प्रतिबद्धता व्यक्त गरे।