वार्ता गर्नु नै इरानी आणविक समस्याको समाधान गर्ने ठीक पथ भएको चीनद्बारा पुन:पुष्टी

संयुक्त राष्ट्र संघस्थित चीनका स्थायी प्रतिनिधि लि पो तङ्गले हिजो 22 तारिखका दिन वार्तालाप गर्नु नै इरानी आणविक समस्याको समाधान गर्ने ठीक पथ हो भन्ने कुरा बताउनुभयो। यदि सम्बन्धित विभिन्न पक्षहरुले धैर्य राखी लचिलो र व्यवहारिक रुप लिन्दै सक्रियतासाथ पाइला अपनाई निरन्तर रुपमा आपसी विश्वासलाई बढाउने हो भने वार्तालाप र भेटवार्तालाई व्यवहारिक प्रगतिमा अघि सार्न सक्ने कुरामा चीनको विश्वास रहेको बताउनुभयो।

श्री लिले सोही दिन संयुक्त राष्ट्र सँघको परिषदले इरानमाथि नाकाबन्दी लगाउने सम्मेलनमा बोल्दै गत वर्षको दिसेम्बरदेखि यता अमेरिका, बेलायत, फ्रान्स, रुस, चीन, जर्मनी यी छ वटा मुलुक तथा युरोपेली संघले इरानसँग दुई चरणको वार्तालापको आयोजना गरेका थिए र सो वार्तामा”वार्तामा सहयोग गर्ने, मतैक्यलाई खोज्ने”शिर्षकको आधारित विचारधारालाई निश्चित गरिएको र निरन्तर रुपमा वार्तालापको आयोजना गर्ने सक्रिय आशा पनि व्यक्त गरिएको कुरा बताउनुभयो।