अर्घाखाँची जिल्ला अस्पतालको सन्दर्भमा रास्वपा अर्घाखाँचीले जारी गरेको प्रेस विज्ञप्ती :

 

अर्घाखाँची जिल्ला अस्पतालको सन्दर्भमा रास्वपा अर्घाखाँचीद्व्रारा जारी प्रेस विज्ञप्ती :

प्रेस विज्ञप्ती: 

अस्पताल प्रमुख जगन्नाथ तिवारी सहितको टिमले अर्घाखाँची अस्पतालमा केही सकारात्मक प्रयास गर्दै थियो । जिल्ला अस्पताल पहुँच नहुने जनताको अस्पतालको रुपमा विकास हुदैथियो । आम अर्घाखाँचीवासीले जिल्ला अस्पताललाई एउटा भरोसाको रुपमा बुझ्ने अवस्था वनेको थियो ।

अझ अस्पतालको नर्सिङ्ग स्टेशनमा नर्सिङ्ग अफिसर सुनिता आचार्यको आगमनले नर्सिङ्ग स्टाफहरुमा उत्साह त भरिएको थियो नै, आम विरामीहरुले नै अनुभूती गर्नेगरी सुधार भैरहेको थियो । देखिनेगरी र्भैरहेको परिवर्तनले केही मान्छेहरुलाई घोच्यो अनि नर्सिङ्ग अफिसर सुनिता आचार्य रहेसम्म मेरो दवदवा रहन्न भन्ने निष्कर्ष निस्कियो ।

त्यसपछि दुई वर्षको लागि काजमा आउनुभएकी एम एस्सी नसिङ्ग गर्नुभएकी सातौ तहको कुशल योग्य अनि सक्षम कर्मचारीलाई राजनीतिक दवावमा ९ महिनामै बर्दिया सरुवा गरियो । छिमेकी जिल्लाहरुमा समेत नर्सिङ्ग अफिसर रिक्त भएको अवस्थामा गम्भिर अपराध गरेका कारण कारवाही गरिएजसरी विना कुनै कारण एकाएक भएको सरुवाले अस्पतालमा काम गर्ने कर्मचारीहरुको मनोवल समेत निकै कमजोर भएको छ ।

जुन निन्दनिय अनि खेदजनक छ । अर्घाखाँची अस्पताललाई थप दक्ष जनशक्ति व्यवस्थापन गरि गुणस्तरीय र प्रभावकारी बनाउनुपर्नेमा शिर्ष नेतृत्व नै गैरजिम्मेवार ढंगले अगाडी बढ्नु जिल्लाको लागि दुखद् बिषय हो । स्वास्थ्य क्षेत्रमा भएको खुलेआम राजनीतिको हामी घोर निन्दा गर्दै आचार्यको सरुवा तत्काल रोक्न प्रदेश सरकारसंग जोडदार माग गर्दछौं ।

हरिप्रसाद भुसाल
सभापति

 

प्रेस विज्ञप्ती: