सिरियाको डेरा शहरमा सरकार विरोधी प्रदर्शनकारीहरुमाथि सुरक्षाकर्मीले बल प्रयोग गर्दा कम्तिमा १५ जनाको मृत्यु भएको छ। मानव अधिकारवादी संघ संस्थाहरुले अघिल्लो प्रदर्शनका क्रममा मारिएका प्रदर्शनकारीहरुको अन्त्येष्टिको लागि जम्मा भएका सरकार विरोधी प्रदर्शनकारीहरुमाथि सेनाले गोलि चलाउदा सो हताहति भएको बताएका छन्।
यस अघि डेरा शहरको मस्जिदबाहिर भेला भएका प्रदर्शनकारीहरुमाथि सुरक्षाकर्मीले गोलि चलाउदा ६ जना मृत्यु भएको थियो।
सिरियामा आर्थिक, सामाजिक र राजनैतिक सुधारको माग राख्दै सरकारको विरोधमा प्रदर्शन हुदै आएको छ।