अर्घाखाँचीको नुवाकोटमा भिषण आगलागी

– शोभाखर पन्थी

 

चैत्र ११ अर्घाखाँची । अर्घाखाँची जिल्लाको नुवाकोट गाविस वार्ड नं. २ को लम्ची रातापोखरा सामुदायिक वनमा आज दिउँसो देखि भिषण आगलागी भईरहेको छ ।

 

दिउँसो १ बजेदेखि लागेको आगोले अहिलेसम्म रातापोखरा सामुदायिक वनको करीब २ किलोमीटर क्षेत्रफलभित्र रहेको वनक्षेत्र सखाप पारेको छ । आगो बढ्दै जाँदा अहिले नुवाकोटको लम्ची बाउनडाँडाका १० घर परिवार जोखिममा परेका छन् । आगो नियन्त्रण गर्न हजारौँ स्थानीय बासिन्दा प्रहरी र नेपाली सेनाले प्रयास गरिरहेको भए पनि आगो नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ ।

 

आगोलागी भएको सामुदायिक वनमा प्रशस्त मात्रामा सल्ला सल्लीपिरल र खोटो हुनुका साथै हावा समेत चलेकाले आगो नियन्त्रण गर्न निकै कठीनाई भएको प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासिनीले बताए ।

 

आगो नियन्त्रण गर्ने प्रयास गर्दा स्थानीय २५ वर्षिया तुल्सीदेवि आचार्य घाईते भएको जनाईएको छ । आगलागीबाट हालसम्म करीब ५० लाख भन्दा बढीको क्षति भएको जनाईएको छ । आगो नियन्त्रणमा आउन नसक्दा स्थानीय बासिन्दामा रुवावासि समेत भएको जनाईएको छ ।


अन्य समाचारहरु