भुमिकास्थान र प्रशासनबिच शान्ती सुरक्षा, अपराध नियन्त्रण र सेवा प्रवाहका विषयमा अन्तरक्रिया

Open photo

 

 लक्ष्मण घिमिरे ।

अर्घाखाँची, असोज २१ । भुमिकास्थान नगरपालिकामा शान्ति सुरक्षा, अपराध नियन्त्रण र सेवा प्रवाहका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको भवनमा नगरका जनप्रतिनिधी, कर्मचारीहरु तथा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरुबिच अन्तरक्रियासंगै सचेतना कार्यक्रम भएको हो ।

चाडबाड नजिकिएका बेला आम नागरिकलाई दिनुपर्ने शान्ती सुरक्षाका विषयमा महत्वपुर्ण छलफल भएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए । यस्तै चाडबाडको मौका पारेर हुने अपराध नियन्त्रण गर्ने विषयमा समेत दुई पक्षबिच छलफल भएको छ ।

छलफल उपलब्धीमुलक भएको नगर प्रमुख झविलाल थापाले बताए । नगरबाट प्रवाह गरिने सेवाका विषयमा पनि छलफल भएको उनको भनाई छ ।

कार्यक्रममा उपप्रमुख झविलाल बञ्जाडे, प्रमुख प्रशासकिय अधिकृत जगदिचन्द्र नेपाली, सबै वडाका अध्यक्ष, शाखागत कर्मचारी, ईश्वरी बक्स गुल्मका सेनानी प्रविण जंग थापा, जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी चक्र बहादुर मल्ल, सशस्त्र प्रहरी कार्यालयका प्रमुख भिमसेन बोहोरा, जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत नुमलाल पन्थी लगायत सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रम प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालको अध्यक्षता, नगर प्रमुख झविलाल थापाको प्रमुख आतिथ्यता र शेषकान्त घिमिरेको सञ्चालनमा सम्पन्न भएको हो ।