सिरियामा देशभर सरकार विरोधी शशक्त प्रदर्शन जारी

सिरियाको सानामीन शहरमा भएको सरकार विरोधी प्रदर्शनका क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागि कम्तीमा २० जना मारिएका छन्।

 

प्रत्यक्षदर्शीहरुले शान्तिपूर्ण रहेको प्रदर्शनमा सुरक्षाकर्मीले गोली प्रहार गरेको जनाएका छन्। सिरियामा गत महिनादेखि नै सरकारको विरोधमा प्रदर्शन शुरु भएको थियो। आम नागरिक मुलुकमा राजनीतिक, आर्थिक र सामाजिक सुधार नभएको भन्दै प्रदर्शनमा उत्रिएका छन्। अहिले प्रदर्शन देशभर नै शशक्त रुपमा फैलिएको छ।