पाकिस्तानका प्रधानमन्त्री युसुफ राजा गिलानी भारत तथा पाकिस्तानबीच हुने विश्व कप क्रिकेटको सेमीफाइनल खेल हेर्न भारत जाने पाकिस्तानका सरकारी प्रवक्ताले बताएको छ ।
भारतीय प्रधानमन्त्री मनमोहन सिंहले पाकिस्तानका राष्ट्रपति असिफ अलि जर्दारी तथा प्रधानमन्त्री युसुफ राजा गिलानीलाई सो खेल हेर्न आमन्त्रण गर्नु भएको थियो।
प्रवक्ताका अनुसार राष्ट्रपति तथा प्रधानमन्त्रीबीच छलफल गरी भारतीय प्रधानमन्त्रीले निम्त्याएको कारण प्रधानमन्त्री जाने निधो भएको हो ।
यी दुई मुलुकबीच यही मार्च तीस तारिख भिडन्त हुन्दैछ । सो विश्व कप भारत श्रीलङ्का र बङ्गलादेशले संयुक्त रुपमा आयोजना गरेको हो ।
भारतीय सरकारले पाँच हजार पाकिस्तानी क्रिकेट प्रेमीका लागि खेल हेर्न प्रवेशाज्ञा भिसाको अनुमति दिएको छ ।