विश्व प्रकृति कोषद्बारा संयोजन गरिएको “पृथ्वी एक घण्टा”भन्ने विश्वको संरक्षण गर्ने कार्यक्रम हिजो मार्च 26तारिख राति शुरु भयो। चीन र अन्य 133 वटा मुलुक र क्षेत्रले सक्रियाताका साथ यस कार्यक्रममा भाग लिएका छन।
चीनमा पादालिङ्ग लामो पर्खाल आदी शहरी प्रमाणित प्रबन्ध र भवनका बत्ती निभाउनुका साथसाथै पेइचिङ्ग,शाङ्गहाइ,ता ल्यान,हङ्गकङ्ग,मकाउ आदी 80भन्दा बढी शहरका धेरैजसो बसोबास क्षेत्र,व्यवसाय,स्कूलमा एक घण्टा बत्ती निभाएको थियो ।
जापानले पनि यस कार्यक्रममा सक्रिय भाग लिएको छ। टोकियो टावर आदी प्रबन्धका बत्ती एक घण्टा निभाएको थियो । जापानको उत्तर-पूर्वी भागमा अस्थायी रुपमा प्रकोपग्रस्त नागरिकका लागि बनाएको एक होटेलले पनि यस “पृथ्वी एक घण्टा”कार्यक्रममा भाग लिएको छ।
बेलायतमा लन्डनका प्रमाणित भवन बिग बेनको बत्ती पनि एक घण्टा निभाएको छ। यसबाट उर्जा-स्रोतको किफायत तथा निश्काशनको न्यूनिकरण गर्ने धारणाबाट मानव जातिले मौसमको परिवर्तन समस्यालाई नजर पुर्याउनसक्ने छ।