अर्घाखाँची: अर्घा रानीगैरामा “कोजाग्रत पुर्णिमा” को दिन, विशाल आमसभाको तयारी, राजमो अध्यक्ष केसीले सम्बोधन गर्दै

 

काठमाडौँ । भोलि २०८१ कात्तिक १ गते बिहीबार अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–९ अर्घा रानीगैरामा विशाल आमसभाको तयारी भइरहेको छ । सभालाई राजमो अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले सम्बोधन गर्दै हुनुहुन्छ ।

प्रगतिशील पत्रकार सङ्घका केन्द्रीय सचिवालय सदस्य गोपालप्रसाद भट्टराईका अनुसार समसामयिक विषयमा पार्टीको धारणा राख्न सो कार्यक्रमको आयोजना गरिएको हो ।

सभालाई राजमो महासचिव मनोज भट्ट, राजमो केन्द्रीय सदस्य सागर केसी, केन्द्रीय सदस्य तथा भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झबिलाल थापा, राजमो नेता शेरबहादुर बिसी, अखिल नेपाल महिला सङ्घकी महासचिव शकुन्तला रानालगायत नेताहरूले सम्बोधन गर्नुहुने छ ।

कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने छ ।

‘भोलि दिउँसो १२ बजेबाट सुरु हुने उक्त कार्यक्रममा रक्तिमले एक दर्जनभन्दा बढी गीत तथा नृत्य प्रस्तुत गर्ने छ’ भट्टराईले भन्नुभयो– ‘सांस्कृतिक कार्यक्रमका लागि रक्तिमका पदाधिकारीसहितका केन्द्रीय र अर्घाखाँची जिल्लाका कलाकारहरूको तालिम चलिरहेको छ ।’

भट्टराईका अनुसार पञ्चायतकालदेखि नै अर्घा रानीगैरामा बडादशैँको पूर्णिमाको अवसर पारेर सभा हुने गरेको छ ।

कार्यक्रममा अर्घाखाँची तथा छिमेकी जिल्लाबाट हजारौँ जनताको उपस्थिति हुने बतााइएको छ ।

 

अन्य समाचारहरु